२० असार, गोरखा ।
गोरखा अस्पतालको आइसोलेशनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलेशनमा उपचार गराईरहेका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला अस्पताल गोरखाले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
उपचारको क्रममा शनिवार विहान ५ बजे उनको मृत्यु भएको जिल्ला अस्पताल गोरखाका निमिक्त मेडिकल सुपरिटेन्डेन नबिन थापाले जानकारी दिए ।
पालुङटार नगरपालिका ७ निबासी उनी मंगलबार मात्र कतारबाट नेपाल फर्किएका थिए । मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घरोगी समेत रहेका उनलाई गा¥हो भएपछि शुक्रबार राती १० बजे जिल्ला अस्पतालको आइसोलेशनमा ल्याइएको थियो ।
उनको १८ गते पिसिआर परीक्षणको लागि नमूना संकलन गरी पठाइएकोमा १९ गते पोजेटिभ रिर्पोट आएको थियो ।