कुवेतमा आममाफी पाएका २९८१ जना नेपाली फर्किए, अझै १० जना बाँकी

योगेन्द्र योगी
२२ असार, दोहा ।

कुवेत सरकारबाट आममाफी पाएर आश्रय क्याम्पमा बसिका २ हजार ९ सय ८१ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

आममाफी २ हजार ९ सय ९१ जना नेपाली सहभागी थिए । जसमध्ये १० जना महिला बाहेक २ हजार ९ सय ८१ जना नेपाली नागरिक नेपाल फर्किसकेको एनआरएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् ।

Advertisement

आममाफीमा सहभागी बाँकी १० जना महिलाले विभिन्न बैंक तथा कम्पनीबाट ऋण लिएका र नतिरेको कारण मुद्दाहरु चलाईएकाहरु रहेको गैर आवासीय नेपाली संघ कुवेतका आइसिसी सदस्य अमित चाम्लिङले बताए ।

अब लिएका ऋण तिरेपछी वा सम्बन्धित निकायबाट मिनाह भएपछि मात्र बाँकी १० जनाको स्वदेश फर्किने बाटो खुल्ला हुने उपसंयोजक अर्यालले बताए ।

Advertisement

गत महिना जुन ११ देखि आममाफीमा सहभागी भएर सेल्टरमा रहेका नेपालीहरुको अल जजिरा एयरमार्फद उद्दार उडान सुरु भएको थियो कुवेत सरकारले गत अप्रिलको २५ देखि ३० तारिखसम्म संचालन गरेको आममाफिमा महिला र पुरूष गरि २ हजार ९ सय ९१ जना सहभागी भएका थिए ।

आममाफिमा सहभागी सबै नेपालीहरुलाई कुवेत सरकारले नि:शुल्क उद्दार गरेको हो । कुवेतमा करिब ७ हजार नेपाली कामदार अबैधानिक रुपमा बसेको तथ्यांक बाहिर आए पनि यस पटक २ हजार ९ सय ९१ जना मात्र आममाफीमा सहभागी भएका थिए ।

यस्तै कोरोना लगायत विभिन्न कारणले स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुलाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार चार्टड उडानमार्फत स्वदेश फर्काउने कार्य भइहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top