प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’ : निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क

२१ असार ७७, सोमबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्। ‘उहाँ (प्रधानमन्त्री)माथि थ्रेट देखेका छौं। उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन गर्छौं’, सुरक्षा निकायका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आफूलाई पदबाट हटाउन देशी/विदेशी शक्ति हावी भएको बताएका थिए। त्यसको खण्डन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले अरू शक्ति नभई आफूले राजीनामा मागेको जवाफ दिएका थिए।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top