२२ असार, एजेन्सी । विश्वमा सबैभन्दा धेरै केरोना सङ्क्रमित देशमध्ये रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको छ ।
भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ भने रुसमा सङ्क्रमितको संख्या ६ लाख ८१ हजारभन्दा बढी छन् ।
भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । अमेरिका र ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या भारतमा भन्दा बढी छ ।
अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित छन् ।
यस्तै पाकिस्तान १२ औँ बढी सङ्क्रमित भएको देश बनेको छ । पाकिस्तानमा २ लाख २८ हजारभन्दा धेरै सङ्क्रमित छन् ।