कृषि बैंकको प्रणाली ह्याक गरी रकम ठगी गरेको अभियोगका फरार अभियुक्त पक्राउ

२२ असार, काठमाडौं । कृषि विकास बैंकको प्रणाली ह्याक गरी रकम ठगी गरेको अभियोगमा फरार एक अभियुक्त पक्राउ परेका छन् ।

Advertisement

शनिबार साढे पाँच बजे महानगरीय अपराध महाशाखा, टेकूले तार्केश्वर नगरपालिका ५ बस्दै आएका ३६ वर्षीय सौजन तामाङलाई ललितपुरस्थित जावलाखेलबाट पक्राउ गरेको हो ।

बैंकको मुख्य कार्यालय र शाखा कार्यालय न्यूरोडको वित्तीय प्रणाली ह्याक गरी विभिन्न व्यक्तिहरुको खातामा रकमान्तर गरी तामाङसहितको समूहले भुक्तानी लिएका थिए ।

Advertisement

रकमान्तर गरी बैंकलाई हानी पु¥याएको अभियोगमा यसअघि २१ जनालाई पक्राउ गरी कारबाही गरिसकेको महाशाखाका एसपी इश्वर कार्कीले बताए।

प्रणाली ह्याक गरी विभिन्न व्यक्तिका नाममा रकमान्तर गर्ने तीन जनालाई प्रहरीले गत असोजमा पक्राउ गरेको थियो ।

Advertisement

यसअघि पक्राउ पर्नेमा श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा छन्। गत असोज ७ गते न्यूरोड शाखाबाट सुनिता श्रेष्ठको खातामा जम्मा ४९ लाख ५० हजार रकमान्तर भएकोमा ९ लाख ५० हजार भुक्तानी भएको थियो। बाँकी रकममध्ये श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश भएको थियो।

यसमै शंका लागेर सिस्टम चेक गर्दा एउटा समूहले बैंकको मौज्दातबाट विभिन्न मितिमा सिस्टम ह्याक गरी ४ करोड ८८ लाख ४६ हजार रकमान्तर गरी भुक्तानी लिएको खुलेको थियो।

यसका मुख्य योजनाकार अफ्रिकन मूलका नागरिक पिटर रहेको प्रहरीले बताउँदै आएको छ। मुम्बईमा बसेर उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम विभिन्न व्यक्तिको खातामा पु¥याएर निकालेको प्रहरीको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top