छिमेकीको हत्या गरी फरार रहेका खड्का पक्राउ

छिमेकीको हत्या गरी फरार रहेका खड्का पक्राउ

२२ असार, कञ्चनपुर ।
धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गर्ने कञ्चनपुरको पुर्नवास नगरपालिका ५ भानु बस्तीका ४१ वर्षीय गोरे भनिने गौरव खड्कालाई प्रहरीले सोमवार पक्राउ गरेको छ।

छिमेकी ५० वर्षीय गोपाल कुँवरको हत्या गरी फरार रहेका खड्कालाई भाग्दै गरेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए । लुकिछिपि भाग्दै गरेको अबस्थामा आज विहान ४ बजेर ३० मिनेट जाँदा खड्कालाई प्रहरीको विशेष अप्रेसन टोलीले पक्राउ गरेको उनले बताए।

पक्राउ परेका खड्कालाई हिरासतमा राखि अनुसन्धानको कार्य भैरहेको छ। शनिवार राति १० बजेर ४० मिनेटमा खड्काले सामान्य विवादमा कुँवरको हत्या गरेका थिए। हत्या गरिएका कुँवरका परिवारजनका अनुसार राति पसलबाट घरमा आएर खाना खाने तयारीमा पीढीमा बसेका गोपाललाई पछाडिबाट आएका खड्काले एक्कासी बन्चरो प्रहार गरी हत्या गरेका थिए।

बन्चरो प्रहार गरी श्रीमानलाई मेरै अगाडी ढालेपछि किन हान्दै छौ भन्दै बन्चरो समात्दै गरेका बेला छिमेकीसँग गुहार मागेपछि खड्का बन्चरो छाडेर भागेको कुँवरकी श्रीमती हिरा कुँवरले बताइन्। मृतक कुँवरका श्रीमतीसहित एक छोरा र दुई छोरी रहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.