पानीमा पाइने तर मानिसको मष्तिस्कमा पुगे गम्भीर असर पार्ने दूर्लभ अमिवाको संक्रमण एक अमेरिकनमा पुष्टि

२१ असार ७७, सोमबार

२२ असार, एजेन्सी ।
अमेरिकाको फ्लोरिडाका एक व्यक्तिमा मष्तिस्कमा गम्भीर असर पार्ने दूर्लभ अमिवाको संक्रमण पुष्टि भएको छ।

फ्लोरिडाका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार हिल्बोरा काउन्टीका व्यक्तिमा सो अमिवाको संक्रमण देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। फ्लोरिडा डिपार्टमेन्ट अफ हेल्थ (डिओसी) का अनुसार ती व्यक्तिमा नेग्लारिया फाउलेरी नामक अमिवाको संक्रमण देखिएको हो।

सो अमिवाका कारण मष्तिस्कमा संक्रमण हुन्छ र सामान्यतया यसबाट मानिसको ज्यानै जान्छ । पानीमा पाइने अमिवा नाक हुँदै मानिसको शरीरमा पस्छ। अमिवा एक व्यक्तिबाट अर्कोमा भने सर्दैन। डिओसीले संक्रमण कहाँबाट भयो र संक्रमित व्यक्तिको अवस्थाबारे केही जानकारी दिएको छैन।

Advertisement

सामान्य रुपमा यो अमिवाको संक्रमण अमेरिकाका दक्षिणी राज्यमा देखिने गर्छ । फ्लोरिडामा यसको संक्रमण अति दुर्लभ हो । सन् १९६२ यता फ्लोरिडामा मात्रै ३७ जनामा संक्रमण देखिएको छ। तर मानिसको ज्यान जान सक्ने अमिवाको संक्रमण देखिएपछि डिओएचले हिल्बोरा काउन्टीमा चेतावनी जारी गरेको छ।

स्वास्थ्य अधिकारीले स्थानीय बासिन्दालाई धारा वा अरु पानीका स्रोतमा नाकको सिधा सम्पर्क हुन नदिन आग्रह गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top