गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना पुष्टि, आकस्मिक बाहेक सवै सेवा ठप्प

२३ असार ७७, मंगलबार
Share this
790shares

२३ असार, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisement

उनीहरूमा संक्रमण भएको पुष्टि इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले गरेका छन् ।

उनले यसबारे थप विवरण आउँन बाँकी रहेको जनाएका छन् ।

Advertisement

अस्पतालले भने यसबारे मन्त्रालयले नै औपचारिक जानकारी गराउने बताएको छ। अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीमा संक्रमण देखिएको भन्दै बाँकी जानकारी मन्त्रालयले गर्ने जनाए।

उनले अहिले अस्पतालको आकस्मिकबाहेक सबै सेवा अर्को सूचना नआइन्जेल स्थगित गरिएको बताए।

Advertisement

पछिल्लो समय उपत्यकाका अस्पतालहरू नै संक्रमणको जोखिममा परेको छ।

यसअघि पनि काठमाडौं मेडिकल कलेज, टिचिङ अस्पतालका बिरामी र स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो।

सरकारले अस्पतालहरूमा पनि जोखिम बढेको भन्दै अस्पतालको आकस्मिक कक्ष र आइसियूमा भर्ना भएका बिरामीको परीक्षण गर्ने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top