×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

नेकपा विवाद चर्किएकै बेला चिनियाँ राजदूतले भेटिन् प्रचण्डलाई पनि

२५ असार २०७७

२५ असार, काठमाडौँ ।
सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्ष चलिरहेको बेला चिनियाँ राजदुत होउ यान्छीले बिहीबार पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेताहरु माधव नेपाल र झलनाथ खनाललाई उनले नेकपामा विवाद बढेपछि भेटघाट गरिसकेकी उनले बिहीबार अध्यक्ष दाहाललाई उनकै निवास खुलमटारमा गएर भेटेको खुलासा भएको हो ।

Advertisement
Advertisement

राजदुत होउ र दाहालबीचको भेटबारे दाहालको सचिवालयले पुष्टि नगरे पनि चिनियाँ दुतावासबाट भेटको जानकारी प्राप्त भएको हो । नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष दाहाल–माधवकुमार नेपाल बीच चलिरहेको शक्ति संघर्षका कारण राजदुत होउले राष्ट्रपतिसहित नेकपाकै नेताहरुलाई गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटवार्ताबारे जानकारी दिँदै दुतावासका प्रवक्ता चाङ सीले उक्त भेटवार्तामा दुवै पक्षले साझा विषयमा आफ्ना धाराणहरु आदान–प्रदान गरेको बताएका छन् ।

उनले भने, ‘हामी (चीन) नेपाली जनताको चासोलाई ध्यानमा राखेर जहिले पनि नेपालमा राजनीतिकस्थिरता र आर्थिक विकास होस भन्ने चाहन्छौं ।’

Advertisement
Advertisement

राजदुत होउले असार २३ गते पूर्व प्रधानमन्त्री खनालसँग उनकै निवास डल्डुमा पुगेर भेटवार्ता गरेकी थिइन् । यसको दुई दिन आइतबार (असार २१ गते) अर्का पूर्व प्रधानमन्त्री नेपालसँग उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेकी थिइन् । यी दुई नेतासँग भेटवार्ता गर्नु अघि उनले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top