×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

असार २८ पछि विदेशमा अलपत्र नेपालीको ‘उद्दार उडान’ नहुने

२६ असार २०७७

२६ असार, काठमाडौँ ।
सरकारले असार २८ पछि विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई ल्याउने उद्धार उडान स्थगित गर्ने भएको छ । जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना सञ्चालन गरेको उद्धार उडानको समिक्षा गर्न असार २८ पछि तत्काल विदेशबाट उद्धार उडान नगर्ने मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले जानकारी दिए ।

Advertisement
Advertisement

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न मन्त्रालयले पहिलो चरणमा जेठ २८ देखि असार ११ सम्म ६७ वटा चार्टर उडानलाई अनुमति दिएको थियो । त्यसयता असार २८ सम्म कम्तीमा ४ पटक उद्धार उडानको तालिकाको समय थपिएको थियो ।

उनले भने–‘यो अवधिमा नेपाल ल्याइएका नागरिकहरुको व्यवस्थापन कसरी भयो केन्द्रदेखि स्थानीय तहसम्म समिक्षा गर्नका लागि असार २८ पछि उद्धार उडान हुने छैनन् ।’

लामिछानेले कुनै मुलुकमा उद्धार नगरी नहुने भएमा विशेष अनुमति दिइने नत्र कुनै पनि प्रकारका अन्तर्राष्ट्रिय चार्टर उडान नहुने बताए । उनले समिक्षा सकिएपछि फेरि उद्धार उडान गर्नुपर्ने आवश्यकता भए सरकारले निर्णय गर्ने बताए ।

हाल सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई उद्धार उडानका लागि अनुमति दिएको छ भने विदेशी वायुसेवातर्फ कतार एयरवेज, टर्किस एयरलायन्स, फ्लाई दुबई, जजिरा एयरवेज लगायतलाई नेपाली नागरिकको उद्धार गर्न अनुमति दिएको छ । एकतर्फी मात्रै यात्रु रहने यी चार्टर उडानमा सरकारले भाडाको सीमा तोकेको छ ।

पछिल्लोपटक उद्धार उडानमा संलग्न दुई वटा नेपाली वायुसेवा कम्पनीमा १८ जना पाइलट, क्याबिन क्रू लगायत उडानमा संलग्न हुने कर्मचारीमा कोभिड संक्रमण देखिएपछि सरकारले तत्काल उद्धार उडान रोकेर समिक्षा गर्न खोजेको हो ।

Advertisement
Advertisement

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका अनुसार बुधबारसम्म भएका १ सय ४३ वटा उद्धार उडानबाट २२ हजार ३ सय ६९ नेपाली काठमाडौं आइपुगेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top