×

NEPAL TIMES UPDATES

Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026

पोखरा र लमजुङमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु, ७ घाइते

२६ असार २०७७

२६ असार, पोखरा ।

गएराती परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । पहिरोमा परी नौ जना घाइते भएका छन् ।

Advertisement
Advertisement

राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । घटनामा परी घाइते भएका अन्य ६ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

थापाको घरमा बिहीबार साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को–को थिए भन्ने खुल्न नसकेको उनले बताए ।
त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । स्थानीयवासीलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।

लमजुङमा पहिरो गएर घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

Advertisement

त्यस्तै लमजुङमा अबिरल बर्षाले पहिरो गएर घर पुरिँदा लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । लमजुङमा बिहीबार राति परेको अबिरल बर्षाका कारण पहिरोले घर पुरिँदा बेंसीशहर नगरपालिका १० खाँचे घर भई बेंसीशहर नगरपालिका ७, सातबिसेमा बस्दै आएका अन्दाजी ३०÷३२ बर्षीय दीपक तामाङ, उनको श्रीमति अन्दाजी २५÷२६ बर्षीय बिमाया तामाङ र छोरा अन्दाजी ८÷९ बर्षको छेवाङ तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार बर्षाका कारण बिहीबार राति साँढे १० बजेतिर उक्त घरलाई पहिरोले पुरेको थियो । बिमायाको शव राति १२ः५० बजेतिर फेला परेको थियो । दीपक र छोराको शव २ः४५ बजेतिर संगै फेला परेको र अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरुको उद्दारका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका थिए ।
स्थानीयका अनुसार भूपू सैनिक आवासीय माध्यमिक विद्यालयको पछाडि पट्टी रहेको उक्त घरमा कमजोर खालको ब्लकले बारेको र जस्ताले छाएको उक्त घर भिरालो ठाउँमा भएका कारण एक्कासी पहिरो आएर घरको भित्तालाई क्षति पु¥याएको थियो । घरको संरचना कमजोर र भिरालो जग्गामा घर भएकाले पहिरोले क्षति पु¥याउन हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दीपकको आमा र छोरी आफन्तकोमा गएका थिए । दीपकसंगै काम गर्ने ३ जना घरमै रहेपनि पहिरो आउने वित्तिकै थाहा पाएपछि उनीहरुले भागेर बाच्न सफल भएका छन् । पहिरो खस्दै गर्दा भागेका बेंसीशहर नगरपालिका ७ का २६ बर्षीय सन्तबहादुर गुरुङ, बेंसीशहर १० पांगे्रक्युका २३ बर्षीय अनिल गुरुङ, ३३ बर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरुको बेंसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक ३ जनाको शव लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।
बिहीबार रातिको बाढी पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडक बन्द भएका छन् । खोलामा पानीको बहाव बढ्दा खोलाको पानी खेतमा आएका छन् । खोला नजिकैको घर जोखिममा परेका छन् । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top