२६ असार, एजेन्सी । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीले दाबी गरेका छन् ।
दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । दुवेलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो ।
भारतीय प्रहरीको दाबी अनुसार दुवे सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो र दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरेपछि जवाफी कारबाहीमा उनी मारिए ।
दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनलाई अस्पताल लैजाँदै गर्दा बिहान करिव ८ बजे दुवेको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ ।
भारतको कानपुरमा दुवेको समूहसँगको मुठभेडमा एक डिएसपीसहित ८ जनाको ज्यान गएको थियो ।