२६ असार, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक सात दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरेको बताएका छन् ।
श्रेष्ठले बाढी पहिरोका कारण उद्धार लगायतका काममा खटिन स्थायी समिति सदस्यहरू आफ्नो गृह जिल्ला लगायतका स्थानमा जानुपर्ने हुनसक्ने भएकाले ७ दिनका लागि बैठक स्थगित गर्ने निर्णय गरेको बताए ।
अर्को बैठक साउन २ गते बस्ने बताइएको छ । असारको १८ गतेदेखि नेकपाभित्रको विवाद सुल्झाउन ओली र प्रचण्डविच वार्ता हुन्दै आएपनि सहमति नभएपछि स्थायी समितिको बैठक पनि पटक पटक स्थगित हुँदै आएको छ ।