२६ असार, सुनसरी ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका-४ लौकहीका पंकज यादव, वडा नम्बर ६ श्रीपुरका सुनिलकुमार मुखिया सोही स्थानका सुनिलकुमार यादब , बिरेन्द्र मरवैता यादब, बराहाक्षेत्र-१ चतराका राजु शर्मा, वराहाक्षेत्र-९ प्रकाशपुरका खेमप्रसाद लुईटेल र भारत सपौल ग्राम पंचायत बिरपुरका शिबु भनिने राकेशकुमार मण्डल रहेका छन् ।
बिहीबार दिउँसो साढे १२ बजे कोशी कटान एरियाबाट को १० प ९३३२ नम्बरको मोटरसाईकलमा आएका सुनिलकुमार मुखीयालाई नियन्त्रणमा लिएसँगै थप अनुसन्धान गर्ने क्रममा अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट ३ सय २६ बोतल डाईलेक्स डि.सी., स्पास्मो पोक्सिवन १ हजार ८ सय ७२ क्याप्सुल र अर्को १ थान मोटरसाईकल समेत फेलापारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।