×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

प्रदेश र जिल्लास्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टरमा स्वास्थ्य प्रमुखलाई समावेश गरिने

२६ असार २०७७

२६ असार, काठमाडौं । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले प्रदेश र जिल्ला स्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरुलाई समावेस गर्ने निर्णय गरेको छ ।

सीसीएमसी निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रदेश र जिल्ला स्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टरमा सम्बन्धीत स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई समावेस गर्ने निर्णय गरेको छ । बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले प्रदेश र जिल्ला स्तरिय सीसीएमसीमा सम्बन्धित प्रदेशको स्वास्थ्य प्रमुख र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेस गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको बताए ।

Advertisement
Advertisement

यस्तै बैठकमा अहिलेसम्म तेस्रो मुलुक र भारतबाट आउने व्यक्तिहरुको वस्तुस्थितिको बारेमा छलफल भएको थियो । विदेशबाट आउने व्यक्तिको व्यवस्थापन व्यवस्थित गर्न र समन्वय गर्न काठमाडौं उपत्यकाको हकमा नगरपालिकाको सञ्जालका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई बैठकमा आमन्त्रण गर्ने निर्णय भएको समेत सचिव गुरागाईंले बताए ।

नेपालमा लगानी गरेका लगानीकर्ता वा तीनका प्रतिनिधि, नेपालमा शाखा खोलि कारोबार गरिरहेका वहुराष्ट्रिय निगमका वयवस्थापक कर्मचारी, अन्तर्राष्ट्रिय गैह्र सरकारी संघसंस्थाका प्रमुख वा कर्मचारीहरुलाई नेपालमा आउनलाई स्वीकृति दिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय समेत बैठकले गरेको छ ।

Advertisement
Advertisement

यस्तै जुलाई १२ तारिक सम्म उद्दारका उडानहरु भइराखेकोमा एक हप्ता सम्मको उडानका तालिकाहरु स्वास्थ्य, तथा जनसंख्या मन्त्रालय, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गरेर उडान तालिका प्रकाशन गर्ने निर्णय भएको सचिव गुरागाईंले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top