×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

निगमका १६ गन्तव्यमा चार्टर्ड उडान, १० हजार नेपालीको उद्धार

२९ असार २०७७

२९ असार, काठमाडाैँ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बन्दाबन्दीको अवधिमा १६ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । निगमले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि जुन १४ देखि जुलाई १२ सम्म विभिन्न गन्तव्यमा ५८ उडान गरेको हो ।

Advertisement
Advertisement

यो अवधिमा निगमले दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङ्कङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाकालगायतका गन्तव्यमा उडान गरेको विज्ञप्तिमार्फत जनाएको छ । कूल ५८ उद्धार उडानमार्फत हालसम्म १० हजार ९१२ यात्रुको उद्धार गरी स्वदेश फिर्ता गरेको निगमले जनाएको छ ।

Advertisement
Advertisement

कोभिड–१९ सिर्जित विश्वव्यापी सङ्कटसित जुध्न चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी गरेको निगमले जनाएको छ । आगामी दिनमा पनि निगमले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्दै थप चुस्तताका साथ नियमित व्यावसायिक उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top