×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

मन्त्री घिमिरेले गरे सडक आश्रित व्यक्तिको उद्धार

२९ असार २०७७

२९ असार, विराटनगर ।
विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई उद्धार गरिएको छ । आईतबार सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगरकाे महेन्द्रचौकदेखि एयरपोर्ट सम्म हिँडिरहने करिब ५१ वर्षीय पुरुषलाई मुनालपथ क्षेत्रबाट उद्धार गरेका हुन् ।

स्थानीयका अनुसार उद्धार गरिएका व्यक्ति करिव १० वर्षदेखि सडक आश्रित छन् । उनको सडकबाट उद्धार गर्दै सामाजिक विकास मन्त्री घिमिरेले सहयोगापेक्षी, सडकआश्रित मानवहरुको उद्धार गरि सडक मानवमुक्त बनाउने प्रदेश १ सरकारको अभियान रहेको बताए ।

Advertisement
Advertisement

उनले भने– ‘सडकमा सहयोगापेक्षी, सडकआश्रित मानवहरु देखिने छैनन ।’ पहिलेको तुलनामा वेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहिन सडक आश्रित मानवहरु सडकमा कम हुँदै गएको मन्त्री घिमिरेले बताए ।

सडकबाट उद्धार गरिएकाहरुको औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको काम मानव सेवा आश्रमले गर्दै आएको छ । मानव सेवा आश्रम प्रदेश १ ले सडक आश्रित ५० जना व्यक्तिहरुको उद्धार गरिसकेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँगको सहकार्यमा सडकबाट उद्धार गरि मानव सेवा आश्रममा ल्याईने गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताए ।

Advertisement
Advertisement

सहयोगापेक्षी, सडकआश्रित मानवहरुका लागि प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माणको पनि तयारी शुरु गरेको छ । मोरङको ग्रामथान ७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माणका लागि प्रदेश सरकारले तयारी शुरु गरेको जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top