Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ सरकारद्वारा एक दर्जनबढी श्रष्टा सम्मानित

प्रदेश १ सरकारद्वारा एक दर्जनबढी श्रष्टा सम्मानित

२९ असार, विराटनगर ।
भानुभक्त आचार्यको २ सय ७ औं जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मानित गरेको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका हुन् ।

एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका श्रष्टा डा. नवलकिशोर राई सम्मानित भएका छन् । उनले सम्मान वापत प्राप्त गरेको राशी मध्ये ५० हजार आरोहण गुरुकुल र ५० हजार कोरोना उपचार कोषलाई हस्तान्तरण गरेका छन् । ललितकला तर्फ अनुराधा थापा–मोरङ, साहित्य तर्फ उमानाथ घिमिरे‘सागर’–धनकुटा, कविराज पोखरेल–मोरङ, मुनाराज शेर्मा–झापा, पञ्चकुमारी परियार–खोटाङ, प्रेम ओझा–पाँचथर, शिवनारायण पण्डित‘सिंगल’–सुनसरी, साहित्य र कला तर्फ डीवी किराँती–सोलु, रंगकला तर्फ कविता नेपाल–झापा, चलचित्रकर्मी तर्फ केशव रायमाझी–मोरङ, नृत्यकला तर्फ मायाँ पौडेल–मोरङ, गित÷संगीत तर्फ वीरध्वज शिवा–मोरङ सम्मानित भएका छन् ।

श्रष्टाहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, श्रष्टा मूल्यांकन सिफारिस कार्यदलका संयोजक प्राज्ञ खेम नेपालीले सम्मानित गरेका थिए । उनीहरुलाई जनही ५०–५० हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने श्रष्टाहरुलाई गतवर्ष देखि सम्मान सुुरु गरेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.