आजका प्रमुख खबरहरुः
१.(कोरोनाका बिजेता बढे)
सोमबार नेपालमा १४४ जना कोरोना संक्रमित थपिँदा १ हजार ७ सय ५ जना निको भएर घर फर्किए / कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्दा १० हजार २ सय ९४ जना निको भए ।
२.(पीसीआर बढाऔं आइसोलेसन घटाऔं)
सोमबारसम्म २ लाख ८९ हजार ३ सय ७१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण /देशभर २३ हजार ४ सय ७० जना क्वारेन्टिनमा /६ हजार ६ सय १३ जना आइसोलेसनमा ।
३.(आफ्नै हात जगन्नाथ)
निर्देशिका मिचेर स्वास्थ्य मन्त्रालयद्वारा काठमाडौंका दुई निजी प्रयोगशालालाई शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने अनुमति /परीक्षणलाई सहज बनाउन निजीलाई पनि अनुमति दिइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाई ।
४.(हिम्मत गर्ला सरकारले ?)
भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्रहरु डुवानमा परेको गृहमन्त्री रामबहादुर थापाको भनाई / अन्तर्राष्ट्रिय मापदण्ड विपरित सीमा नजिकैका क्षेत्रहरुमा निर्माण भएका सडक, बाँध, तटबन्ध लगायतका संरचनाहरुलाई हटाउन संसदीय समितिको सरकारलाई निर्देशन ।
५.(बढ्दै पीडा)
पछिल्लो एक महिनामा नेपालमा बाढी, पहिरो र डुवानका कारण ८५ जनाको मृत्यु /४६ जना बेपत्ता हुदा ५० जना घाइते / बाढीपहिरोका कारण १५ भन्दा बढी जिल्लाका १३४ घरमा क्षति ।
६.(एमसीसीमा नबोल्ने ?)
एमसीसीबारे पार्टीभित्र आन्तरिक छलफल भइरहेकाले कुनै निर्णयमा नपुगेको जनता समाजवादी पार्टीको भनाई /एमसीसीबारे पार्टीलाई जोडेर आएका खबर भ्रम फैलाउने उद्देश्यले गरिएका गलत र सुनियोजित प्रचार भएको उल्लेख ।
७.(पुर्ननिर्माणको अनुगमन)
संसदको विकास समितिद्वारा पुर्ननिर्माणको क्रममा रहेका पुरात्वात्तिक सम्पदाहरुको स्थलगत अनुगमन /भूकम्प गएको लामो समयसम्म काम हुन नसकेपनि पछिल्लो २ वर्षयता निर्माणको कामले गति लिएको समितिको ठहर ।
८.(चार च्यानल नचल्ने)
भारतीय न्यूज च्यानल जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज बाहेक अन्यको प्रसारण सुचारु/केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न उपयुक्त नहुने देखिएकाले यस्तो निर्णय भएको केबल अपरेटरहरुको भनाई ।
९.(सलहले सतायो)
आइतबार दाङ हुँदै प्युठान पसेको सलह कीराले किसानको बालीनाली नोक्सान गर्न थाल्यो / धुवाँ लगाउने, थाल–टिन ठटाउने गरे पनि सलह भगाउन नसकेपछि किसानहरु चिन्तित ।
१०.(गुड्न थाले बस)
सरकारले तोकेको मापदण्ड अनुसार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा /बस रोकिदा व्यवसायीहरुलाई नोक्सानी बढ्दै जाने भएकाले बस सञ्चालन गरिएको व्यवसायीहरुले भनाई ।
११. (बन्ने भो प्रदेश प्रहरी)
प्रदेश १ सभाबाट प्रदेश प्रहरी विधेयक २०७७ सर्वसम्मत पारित÷ प्रदेश १ मा ११ हजार प्रहरी सहितको प्रदेश प्रहरी गठनको बाटो खुल्यो / पहिलो चरणमा संघीय प्रहरी नै प्रदेशमा समायोजन भएर आउने ।
१२. (आदिकविको सम्झना)
आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइयो / नेपाली साहित्यमा योगदान पु¥याउने देशभरका विभिन्न श्रष्टा तथा व्यक्तित्वहरु राष्ट्रिय पुरस्कारबाट सम्मानित / प्रदेश १ का एक दर्जनबढी श्रष्टाहरु पनि सम्मानित ।
१३.(मौद्रिक नीति कस्तो ?)
पुनरकर्जा कोषको रकमबाट कम्तिमा ३० हजार ऋणीले सुविधा पाउने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाई /कोभिड १९ का कारण नेपालको कुल गार्हस्थ उत्पादननमा करिब १ खर्ब ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान ।
१४.(काठमा कठोर नबनौं)
राजस्व बुझाएका व्यवसायीहरुलाई काठ ओसार पोसार र विक्रीवितरणका लागि तत्काल छुट पूर्जी दिन संसदीय समितिको सरकारलाई निर्देशन /झण्डै साढे २ लाख श्रमिकहरुको रोजगार सिर्जना गर्नपनि प्रतिवन्ध फुकुवा गर्नुपर्ने माग ।
र,
१५.(विश्वको अपडेट)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ५ लाख ७२ हजार बढीको मृत्यु /१ करोड ३० लाख बढी संक्रमित /७६ लाख १० हजार बढी निको भए ।