×

NEPAL TIMES UPDATES

Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026

दिनभरका प्रमुख खबर

३१ असार २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(आजको अपडेट)
रौतहटका ३६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएसंगै हालसम्म मृत्यु हुनेको संख्या ३९ पुग्यो /बुधबार ११६ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या १७ हजार १ सय ७७ पुग्यो/हालसम्म ११ हजार २५ जना निको भए ।

Advertisement

२.(परीक्षण र उपचार)
बुधबारसम्म पीसीआर विधिबाट २ लाख ९८ हजार ८ सय २९ वटा नमुना परीक्षण /देशभर २४ हजार ५ सय २७ जना क्वारेन्टिनमा / ६ हजार १ सय १३ जना आइसोलेसनमा ।

३.(अभिब्यक्तिको असर)
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अयोध्या नेपालमै रहेको’ भनेर दिएको अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने विश्व हिन्दु परिषद् नेपालको चेतावनी /प्रधानमन्त्रीले विश्वका करोडौं हिन्दुहरूको आस्थासँग खेलवाड गरेको आरोप ।

४.(औषधिको आन्दोलन)
नेपाली औषधिहरुको प्रकृतिसँग मिल्ने औषधि विदेशबाट आयातमा रोक लगाउनुपर्ने लगायतका माग राख्दै औषधि व्यवसायीहरुद्वारा आजपनि आन्दोलन / एकलौटी रुपमा औषधिमा बढाइएको राजस्व खारेज गर्नुपर्ने, गुणस्तरहीन स्यानिटाइजर बिक्रीमा रोक लगाउनुपर्ने माग ।

५.(यात्रा लामो दुरीको)
वातावरण सहज बने लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने यातायात व्यवसायीहरुको प्रस्ताव / स्वस्थ्य यात्राको वातावरण बने लामो दुरीको सवारी सञ्चालन गर्न सकिने प्रस्ताव छलफलको क्रममा रहेको व्यवसायीको भनाई ।

६.(कांग्रेसलाई मसला)
प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको नेपाली कंग्रेसको टिप्पणी / प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिका विषयमा सरकार र सत्तारूढ नेकपाको संस्थागत धारणा माग ।

७.(मेलम्चीमा लापरवाही)
खानेपानी मन्त्रालयद्वारा मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न प्राविधिक समिति गठन /टनेलको ढोका भत्किएपछि अनुगमनका क्रममा बाढीले बगाएका ४ जना मध्ये बेपत्ता २ जनाको खोजी जारी ।

८.(विद्यार्थीको भविष्यमा खेलबाड)
निजी विद्यालयको मागलाई वेवास्ता गरेको भन्दै प्याब्सन, एनप्याब्सनद्वारा बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने निर्णय /शिक्षक, कर्मचारीलाई समेत बेतलबी घर बिदा ।

९.(निर्देशनले के गर्ला ?)
कोभिड १९ बाट प्रभावित शिक्षा क्षेत्रलाई नियमित गर्न अनलाईन कक्षालाई प्रभावकारी बनाउन दिगो विकास समितिको सरकारलाई निर्देशन /अनलाईन कक्षाको प्रभावकारीता काठमाडौंलगायतका सुगम क्षेत्रमा समेत नदेखिएको दाबी ।

१०.(अधिकारको दुरुपयोग)
लामो समयदेखि पदाधिकारीविहिन रहेको राष्ट्रिय महिला आयोगमा शिघ्र पदाधिकारी नियुक्त गर्न संसदीय समितिको सरकारलाई निर्देशन /महिला अधिकारको नाममामहिला अधिकारकै दुरुपयोग भएको सांसदहरुको टिप्पणी ।

११.(बेरुजुको फेहरिस्त)
आर्थिक वर्ष २०७५/७६ को कुल बेरुजु मध्ये ९७ प्रतिशत बेरुजु मुख्य दश मन्त्रालयको भएको महालेखापरीक्षको प्रतिवेदन /सबैभन्दा धेरै अर्थ मन्त्रालयको १९ अर्ब ६ करोड ६८ लाख रुपैयाँ बेरुजु ।

१२.(एटिएमले पैसा काट्ने)
बिहीबारबाट अन्य बैंकको एटिएमबाट पैसा निकाले थप शुल्क लाग्ने / लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने ।

१३.(अनियमितताको उपज)
राजस्व छलेको आरोपमा दुई फर्म र तिनका सञ्चालकविरुद्ध झण्डै ४ अर्ब रुपैयाँ विगो मागदाबी गरी राजस्व अनुसन्धान विभागद्वारा उच्च अदालत पाटनमा मुद्दा दायर /जेएसएस मोबाईल सर्भिसेज र हाइटेक ईन्टरनेशनल प्रा.लिविरुद्ध दोब्बर जरिवाना र कैद सजायको माग।

१४.(मारमा प्रवासी)
साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थप्यो /यूएईमा भने ११ अगष्टपछि आफ्नो मुलुक नफर्किए जरिवाना तिर्नुपर्ने भएकाले भिसा सकिएका नेपालीहरुको उद्धार गर्न एनआरएन युएईको आग्रह ।

र,

Advertisement

१५.(आजको तथ्याङक)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ५ लाख ८१ हजार बढीको मृत्यु / १ करोड ३४ लाख बढी संक्रमित /७८ लाख ७८ हजार बढी निको भए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top