आजका प्रमुख खबरहरुः
१.(आजको अपडेट)
रौतहटका ३६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएसंगै हालसम्म मृत्यु हुनेको संख्या ३९ पुग्यो /बुधबार ११६ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या १७ हजार १ सय ७७ पुग्यो/हालसम्म ११ हजार २५ जना निको भए ।
२.(परीक्षण र उपचार)
बुधबारसम्म पीसीआर विधिबाट २ लाख ९८ हजार ८ सय २९ वटा नमुना परीक्षण /देशभर २४ हजार ५ सय २७ जना क्वारेन्टिनमा / ६ हजार १ सय १३ जना आइसोलेसनमा ।
३.(अभिब्यक्तिको असर)
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अयोध्या नेपालमै रहेको’ भनेर दिएको अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने विश्व हिन्दु परिषद् नेपालको चेतावनी /प्रधानमन्त्रीले विश्वका करोडौं हिन्दुहरूको आस्थासँग खेलवाड गरेको आरोप ।
४.(औषधिको आन्दोलन)
नेपाली औषधिहरुको प्रकृतिसँग मिल्ने औषधि विदेशबाट आयातमा रोक लगाउनुपर्ने लगायतका माग राख्दै औषधि व्यवसायीहरुद्वारा आजपनि आन्दोलन / एकलौटी रुपमा औषधिमा बढाइएको राजस्व खारेज गर्नुपर्ने, गुणस्तरहीन स्यानिटाइजर बिक्रीमा रोक लगाउनुपर्ने माग ।
५.(यात्रा लामो दुरीको)
वातावरण सहज बने लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने यातायात व्यवसायीहरुको प्रस्ताव / स्वस्थ्य यात्राको वातावरण बने लामो दुरीको सवारी सञ्चालन गर्न सकिने प्रस्ताव छलफलको क्रममा रहेको व्यवसायीको भनाई ।
६.(कांग्रेसलाई मसला)
प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको नेपाली कंग्रेसको टिप्पणी / प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिका विषयमा सरकार र सत्तारूढ नेकपाको संस्थागत धारणा माग ।
७.(मेलम्चीमा लापरवाही)
खानेपानी मन्त्रालयद्वारा मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न प्राविधिक समिति गठन /टनेलको ढोका भत्किएपछि अनुगमनका क्रममा बाढीले बगाएका ४ जना मध्ये बेपत्ता २ जनाको खोजी जारी ।
८.(विद्यार्थीको भविष्यमा खेलबाड)
निजी विद्यालयको मागलाई वेवास्ता गरेको भन्दै प्याब्सन, एनप्याब्सनद्वारा बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने निर्णय /शिक्षक, कर्मचारीलाई समेत बेतलबी घर बिदा ।
९.(निर्देशनले के गर्ला ?)
कोभिड १९ बाट प्रभावित शिक्षा क्षेत्रलाई नियमित गर्न अनलाईन कक्षालाई प्रभावकारी बनाउन दिगो विकास समितिको सरकारलाई निर्देशन /अनलाईन कक्षाको प्रभावकारीता काठमाडौंलगायतका सुगम क्षेत्रमा समेत नदेखिएको दाबी ।
१०.(अधिकारको दुरुपयोग)
लामो समयदेखि पदाधिकारीविहिन रहेको राष्ट्रिय महिला आयोगमा शिघ्र पदाधिकारी नियुक्त गर्न संसदीय समितिको सरकारलाई निर्देशन /महिला अधिकारको नाममामहिला अधिकारकै दुरुपयोग भएको सांसदहरुको टिप्पणी ।
११.(बेरुजुको फेहरिस्त)
आर्थिक वर्ष २०७५/७६ को कुल बेरुजु मध्ये ९७ प्रतिशत बेरुजु मुख्य दश मन्त्रालयको भएको महालेखापरीक्षको प्रतिवेदन /सबैभन्दा धेरै अर्थ मन्त्रालयको १९ अर्ब ६ करोड ६८ लाख रुपैयाँ बेरुजु ।
१२.(एटिएमले पैसा काट्ने)
बिहीबारबाट अन्य बैंकको एटिएमबाट पैसा निकाले थप शुल्क लाग्ने / लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने ।
१३.(अनियमितताको उपज)
राजस्व छलेको आरोपमा दुई फर्म र तिनका सञ्चालकविरुद्ध झण्डै ४ अर्ब रुपैयाँ विगो मागदाबी गरी राजस्व अनुसन्धान विभागद्वारा उच्च अदालत पाटनमा मुद्दा दायर /जेएसएस मोबाईल सर्भिसेज र हाइटेक ईन्टरनेशनल प्रा.लिविरुद्ध दोब्बर जरिवाना र कैद सजायको माग।
१४.(मारमा प्रवासी)
साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थप्यो /यूएईमा भने ११ अगष्टपछि आफ्नो मुलुक नफर्किए जरिवाना तिर्नुपर्ने भएकाले भिसा सकिएका नेपालीहरुको उद्धार गर्न एनआरएन युएईको आग्रह ।
र,
१५.(आजको तथ्याङक)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ५ लाख ८१ हजार बढीको मृत्यु / १ करोड ३४ लाख बढी संक्रमित /७८ लाख ७८ हजार बढी निको भए ।