प्रज्ञा प्रतिष्ठानद्वारा तीन पुरस्कार स्थापना, नेपाल शब्दकोशको मोबाइल एप प्रकाशन

३१ असार ७७, बिहीबार

३१ असार, काठमाडौँ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६÷०७७ मा तीन वटा नयाँ पुरस्कार स्थापना गरेको छ । प्रतिष्ठानले नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरेको हो ।

विगतमा स्थापना भएका पुरस्कारहरुलाई कायमै राखेर प्रतिष्ठानले नयाँ पुरस्कारहरु स्थापना गरेको हो । नेपालको गौरबलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न योगदान पु¥याउने विदेशी नागरिकलाई प्रत्येक तीन वर्षमा दिने गरी नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गरिएको छ । सो पुरस्कारको राखी ३ हजार अमेरिकी डलर बराबरको नेपाली रकम नगद पदक र प्रमाण पत्र रहेको छ ।

यस्तै नेपाल बाहिर रहेर साहित्यमा विशिष्ट योगदान गर्ने नेपाली मूलका स्रष्टाहरुलाई प्रत्येक दुई वर्षमा प्रदान गर्नेगरी भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कारको स्थापना भएको छ । यस्तै नेपाली भाषा साहित्यको अन्य भाषामा र अन्य भाषाको नेपाली भाषामा अनुवाद गर्ने अनुवादकलाई दुई वर्षमा प्रदान गर्ने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरिएको छ । दुबै पुरस्कारको राशी २ लाख नेपाली रुपैया नगद, पदक र प्रमाणपत्र रहेको छ ।

प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव २०७७ कोभिडका कारण गर्न सकेको छैन् । प्रतिष्ठानले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार महोत्सवका लागि प्राप्त भएका ५ सय २ वटा कविताहरु सिलबन्दी र लाहाछाप गरि सुरक्षित रहेका छन् । कोरोना महामारीपछिको अवस्था सामान्य भएपछि समुचित मूल्याङ्कन गरी पुरस्कार वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले नेपाल शब्दकोशको मोबाइल एप निर्माण गर्दै परिमार्जित संस्करण प्रकाशन गरेको छ । गत माघमा राष्ट्रिय गजल महोत्सव समेत सम्पन्न गरेको छ । यस्तै कोरोना नियन्त्रणका लागि प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव लगायत सम्पूर्ण कर्मचारीको तर्फबाट ७ लाख २९ हजार ५ सय ७३ रुपैयाँ कोरोना नियन्त्रण कोषमा जम्मा गरेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top