काम नगर्ने सरकार, दोषजति कोरोनालाई

१ साउन ७७, बिहीबार

काठमाडाैँ : चालु आर्थिक वर्षमा आन्तरिक ऋण उठाउनेबाहेक अन्य सबै क्षेत्रमा लक्ष्यअनुसार काम गर्न सरकार असफल भएको छ। काम नहुनुमा सरकारले पछिल्लो चार महिनामा देखिएको कोरोना महामारीलाई कारण देखाएको छ। तर महामारीकै बीच गत जेठ १५ मा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउँदा गरेको संशोधित अनुमान पनि मिल्न सकेको छैन।

Advertisement

चालु आर्थिक वर्ष सकिन एक दिन बाँकी हुँदाको तथ्यांकलाई हेर्दा यो वर्षको बजेटको खर्च र स्रोत दुवै शीर्षकको लक्ष्य नपुगेको हो। चालु, पुँजीगत र वित्तीय व्यवस्थापनको खर्च, राजस्व असुली, वैदेशिक सहायता र ऋण शीर्षकमा राखिएका कुनै पनि लक्ष्य पूरा हुन सकेनन्। अन्तिम दिन ३१ असारमा व्यापक रुपमा चेक काटिने पुरानो प्रचलन यो वर्ष पनि दोहोरिने भएकाले चालु र पुँजीगत शीर्षकमा दुईतीन प्रतिशतसम्म खर्च बढ्न सक्छ। विगतमा अन्तिम दिन १० अर्बदेखि १५ अर्ब रुपैयाँसम्मको चेक काटिने गरेको थियो।

अर्थमन्त्री खतिवडाले छुट्याएको पुँजीगत बजेट आधा पनि खर्च हुन सकेन। पछि संशोधित गरेर राखिएको लक्ष्य पनि पूरा हुन सकेन। अर्थमन्त्री खतिवडाले कोभिड १९ को कारण देखाउँदै ४ खर्ब ८ अर्ब रुपैयाँको वार्षिक लक्ष्यलाई घटाएर साढे ५८ प्रतिशत खर्च गर्ने बताएका थिए। असार ३० सम्मको नतिजा भने ४४ प्रतिशतमा खुम्चिएको छ। पुँजीगत खर्च बढाउने जिम्मेवारी अर्थभन्दा अरु विकासे मन्त्रालयको हो।

Advertisement

अर्थमन्त्री खतिवडा यो वर्ष राजस्व संकलनमा पनि नराम्रोसँग असफल भएका छन्। खतिवडाले कोभिडलाई कारण देखाउँदै ११ खर्ब १२ अर्ब रुपैयाँको वार्षिक लक्ष्यलाई ८ खर्ब २७ अर्ब रुपैयाँमा झारेका थिए। अहिले संशोधित अनुमान पनि पुगेको छैन। विगतमा राजस्वको लक्ष्य नपुग्ने आर्थिक वर्ष धेरै कममात्र थिए।,याे खबर नागरिक दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top