बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपीलाई निलम्बन गर्न गृहलाई पत्र

१ साउन ७७, बिहीबार

१ साउन, काठमाडौँ ।

Advertisement

सशस्त्र प्रहरी मुख्यालयले बलात्कारकाे आरोप लागेका दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न गृह मन्त्रालयमा पत्र पठाएको छ । एसएसपी अधिकारी विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बलात्कार आरोपमा उजुरी परेको थियो ।

चितवन घर भई पोखरामा बस्दै आएकी एक महिलाले एसएसपी अधिकारी विरुद्ध उजुरी दिएपछि कास्की प्रहरीले सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालयसँग समन्वय गरेर उनलाई झाडीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

Advertisement

पक्राउको व्यहोरा पाएलगत्तै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आरोपित एसएसपी अधिकारीलाई निलम्बन गर्न पत्र पठाएका हुन् । गृहमन्त्रीबाट आईजीपी खनालको पत्र सदर भएपछि अधिकारी औपचारिक रुपमा निलम्बनमा पर्नेछन् ।

अधिकारी पक्राउ परेपछि सशस्त्रको लामापाटन शिक्षालयले पक्राउ पुर्जी र कसुरको विवरण फ्याक्स गरेर मुख्यालयमा पठाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top