×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

सार्वजनिक यातायातको यात्रा, यात्रुको लागि नौलो अनुभव

२ श्रावण २०७७

२ साउन, काठमाडाैँ ।

भक्तपुरको जगाती चोकमा काठमाडौँतर्फ जान मयूर यातायातको गाडी रोकियो । एउटै स्टेशनमा सात जना यात्रु चढ्न बसको ढोका अगाडि उभिए ।

Advertisement
Advertisement

टाउँकोमा हेड कभर, मुखमा माक्स, हातमा पञ्जा र सेतो व्यक्तिगत सुरक्षात्मक उपकरण ९पीपीई० लगाएका सहचालकले ढोकाबाटै थर्मल गनले यात्रुको तापक्रम नाप्न थाले । यात्रु अचम्म मानेर हेर्दै थिए ।

भित्र छिरेका एक यात्रु एक सिटमा बसे । सधैँ भीड र घुँइचोमा सास्ती खेप्दै ठेलमठेल गर्दै सार्वजनिक यातायातमा यात्रा गर्नुपर्ने यात्रुले यति सहजको यात्रा गर्ने दिन पनि आउँछ भन्ने यसअघि कल्पना पनि गरेका थिएनन् ।

बस चढेपछि भक्तपुर च्याम्हसिंहमा भाडामा बस्दै आउनु भएकी पवित्रा लामाले यस्तो सहज यात्रा पनि गर्न पाइन्छ भन्ने कहिल्यै नसोचेको बताइन् ।

सधैँ भीड र ठेलमठेलमा यात्रा गर्दै आउनुको पीडा झेल्दै आएका यात्रुलाई एउटा सिटमा एक जना मात्रै बसेर यात्रा गर्दा सहज र सुरक्षित भएको महसुस गरेको उनले बताइन् ।

सूर्यविनायक चोकमा साझा बस चढेका सूर्यविनायक गःपली निवासी राधेश्याम श्रेष्ठले सार्वजनिक यातायात चल्दा अप्ठ्यारोमा परेका यात्रुलाई राहत मिलेको बताए । उनले भने, “आफ्नो साधन नहुनेलाई निकै सास्ती थियो, अब साझा बस चढ्न पाइयो, धेरै सहज भएको छ । आफ्नो सुरक्षाका लागि माक्स लगाएको छु, सेनिटाइजर बोकेरै हिँडेको छु, कहीँ केही छोइए हातमा सेनिटाइजर लगाउँछु, सुरक्षाको उपाय अब आफैँले अपनाउने हो ।”

बस चढ्दै गरेकी गर्भवती कल्पना विष्टले साझा यातायात चल्दा निकै राहत मिलेको बताइन् । लकडाउनका कारण सार्वजनिक यातायात नचल्दा ट्याक्सीले मनोमानी भाडा असुल्ने गरेकोमा त्यसबाट मुक्त पाइएको उहाँको भनाइ थियो । उनले भनिन्, “असअघि गर्भ जचाउन पाटन अस्पताल जाँदा ट्याक्सीले सूर्यविनायकबाट रु तीन हजार लिन्थ्यो, अब बस चल्न थालेपछि ट्याक्सीलाई महङ्गो भाडा तिर्नु परेन, आज धेरै राहत पाएको महसुस गरेको छु ।”

सरकारले लकडाउन खुकुलो बनाएपछि निजी यातायात नहुनेले राहत महसुस गरेका छन् । काठमाडौँबाट रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायकसम्म साझा यातायात दुई र जगातीसम्म मयूर यातायातले दुईवटा बस सञ्चालन गर्न थालेपछि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले निकै राहत महसुस गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन पछि बन्द भएको पनि अन्य यातायात भने सञ्चालनमा आएका छैनन् । सरकारले मापदण्ड निर्धारण गरी तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लिएर सार्वजनिक यातायात सञ्चालन गर्न आह्वान गरे पनि निजी बस व्यवसायीहरुले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन गरेका छैनन् ।

उपत्यकामा साझा यातायातले प्रारम्भिक चरणमा २६ वटा बस सञ्चालन गरेको छ भने साझाले यसअघि बस चल्दै आएका आठ वटा रुटमा सेवा शुरु गर्न लागेको बताइएको छ । सरकारको निर्णयानुसार सेवालाई प्राथमिकता दिएर पूराना सबै रुटमा बस चलाउने जनाएको हो ।

भक्तपुरमा यसअघि सञ्चालन हुँदै आएका भक्तपुर बस, मध्य उपत्यका बस, मध्यपुरथिमि बसलगायत यातायातका कम्पनीहरुले सार्वजनिक यातायात सञ्चालन गरेका छैनन् । सार्वजनिक यातायात सञ्चालन नहुँदा विशेष गरी ग्रामीण क्षेत्रका बासिन्दा सबैभन्दा बढी मारमा परेका छन् ।

Advertisement

रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top