कतारबाट दोस्राे चरणमा ६ उडान हुने, आज दुई जहाजले उडान गर्दै

१ साउन ७७, शुक्रबार

योगेन्द्र योगी
२ साउन, दोहा ।

कोरोना भाइरसको कारण सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि कतारबाट नेपाल र हिमालय एयरलाइन्सका तीन/तीन वटा उडान गर्ने भएको छ ।

दोस्राे चरणको पहिलो उडान आज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले गर्दैछन् भने अर्को उडान जुलाई १८ र २० जुलाई हुने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement

दूतावासले सार्वजनिक गरेको नामावलीमा नाम आएकाहरुलाई टिकट खरिद गरि तयारी अवस्थामा बस्न पनि अनुरोध गरेको छ । स्वदेश फर्किन तयारी रहेकाहरुले एथेराज अप्प प्रयोग गर्नु पर्ने र सो एप नभए उडान गर्न नसक्ने दूतावासले जनाएको छ ।

यसैगरी रोजगारदाताले भागेको भनेर रिपोर्ट गरेका व्यक्तिहरुले एयरलाइन्सबाट आइटीनरी सहितको हवाई टिकट लिएर सर्च एण्ड फलो अप डिपार्टमेण्टमा आफैं गएर सो हवाई टिकटमा डिपार्टमेण्टको छाप लगाई अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने पनि दूतावासले जनाएको छ ।

Advertisement

उडान हुनुभन्दा ४ घण्टा अघि नै विमानस्थल पुगिसक्नु पर्ने दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top