NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो  मङ्लबार साउन २० , २०८२
पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ? मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा मङ्लबार साउन २० , २०८२
दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग मङ्लबार साउन २० , २०८२
१० हजार फिट माथि विमानको इन्जिन फेल, टर्बुलेन्स तीन गुणाले बढ्ने सोमवार साउन १९ , २०८२
Next
Prev

समाचार

गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज

शुक्रबार साउन २ , २०७७
Reading Time: 1 min read
A A
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ साउन,झापा ।

मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि रु ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गरे । “बजेटमा रकम छुट्याइएको थियो, प्रमुखले सवारीसाधन किन्न मान्नुभएन”, कनकाईकी उपप्रमुख मञ्जु प्रसाईले भने, “त्यसपछि गाडी किन्ने बजेट प्राविधिक शिक्षालय स्थापनामा खर्च गरियो ।”

LS Auto

नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरुप नगरप्रमुख पोखरेलले नै इञ्जिनीयरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाए । अहिले त्यही सवारीसाधन खरिद किन्ने भनिएको बजेटबाटै शुरु भएको कनकाई पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा छ । नगरपालिकाले गाडी खरिदका लागि विनियोजन भइसकेको रु ६० लाखमध्ये रु ३० लाख रकम कनकाई पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि लगानी गरिएको र अरु रकम साइकल लेन र पुल निर्माणमा छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए।

कनकाई–७ दुर्गापुरमा सञ्चालित कनकाई पोलिटेक्निक इन्स्टिच्युटमा पहिलो ब्याचमा ४६ जना विद्यार्थी भर्ना भएका थिए । त्यहाँ सिटीइभिटीअन्तर्गत तीन वर्षे डिप्लोमा तहको सिभिल इञ्जिनीयरिङ, जियोमेटिक्स इञ्जिनीयरिङ र इन्फरमेसन टेक्नोलोजीको पठनपाठन हुँदै आएको छ ।

सो इन्स्टिच्युटलाई नगरपालिकाको सहयोग र विश्वविद्यालयको सम्बन्धनमा सामुदायिक साझेदारीमा आधारित इञ्जिनीयरिङ कलेजको रुपमा विस्तार गर्ने योजना रहेको नगरप्रमुख पोखरेलले बताए । नयाँ आर्थिक वर्ष २०७७÷७८ मा समेत कनकाई नगरपालिकाले सो इन्स्टिच्युटका लागि रु ३० लाख बजेट विनियोजन गरिसकेको छ । नगरप्रमुख पोखरेलका अनुसार नगरको वडा नं ५ मा इञ्जिनीयरिङ कलेजका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न १६ बिगाहा जग्गा लिजमा लिने कार्य भइसकेको छ ।

यो परियोजनालाई नगरको गौरव आयोजनामा समेटिएको छ । यहाँ अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई नगरपालिकाले नगरभित्रै रोजगारी दिलाउने सोचसमेत बनाएको छ । ‘कमाइका लागि शिक्षा’ कार्यक्रमअन्तर्गत प्राविधिक विद्यार्थीलाई निर्माणाधीन परियोजनामा पारिश्रमिक दिएर काम गराउँदै सिकाउने नयाँ कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

साइकल चढ्छन् प्रमुख

नगरपालिका स्थापना हुँदा प्रदेश सरकारले कनकाईलाई एउटा सानो पुरानो जीप दिएको थियो । अति आवश्यक पर्दा नगरप्रमुख र उपप्रमुखले त्यही गाडी प्रयोग गर्दै आएका छन् । नगरप्रमुख पोखरेल कहिलेकाहीँ घरबाट साइकल चढेर नगरपालिका आउँछन् भने नजिक फिल्ड जाँदासमेत उनले साइकल प्रयोग गर्दै आएका छन् ।

“साइक्लिङ कल्चर बनोस् भनेर साइकलको प्रयोग गरेको हुँ”, उनी भन्छन्, “सानो आम्दानी भएको नगरपालिकाले गाडी खरिदमा लाखौँ खर्च गर्नहुँदैन भन्ने हाम्रो सोच हो ।” नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा गाडी खरिदका लागि छुट्याइएको बजेट रकमान्तर गरेर रु छ लाख साइकल लेन निर्माणमा लगाउने तयारी गरेको थियो तर कोरोना कहरका कारण साइकल लेनको निर्माण नयाँ आर्थिक वर्षमा मात्र हुने भएको छ ।रासस

लोकप्रीय

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२

विचार

थप समाचार

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा
ताजा समाचार

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.