भारतमा बस्ने नेपालीमाथि ज्यादती, जबर्जस्ती मुण्डन

२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्तिलाई लिएर भारतमा रहेका नेपालीमाथि दुव्र्यवहार भएको छ ।

आफूलाई हिन्दू बताउने अतिवादी भारतीयहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोध भन्दै त्यहाँ रहेका नेपालीमाथि गरेका ज्यादतीका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

जसमा हालै एक नेपालीलाई हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले जबरजस्ती मुण्डन गराएर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको भिडियो सार्वजनिक भएको हो ।

अतिवादी हिन्दूहरुले ती नेपाली युवाको जबरजस्ती कपाल खौरेर तालुमा जय श्रीराम लेखेको भिडियोमा देखिन्छ ।

सामाजिक सञ्जालमा यस्तो भिडियो भाइरल भएपछि घटनाबारे चासो देखाउँदै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा गरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले असार २९ गते आदिकवि भानुभक्त जयन्तीका दिन हिन्दूहरुका भागवान राम नेपालमा जन्मिएको र अयोध्या पनि नेपालको वीरगञ्जनजिक ठोरीमा रहेको दाबी गर्दै अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएपछि त्यसको नेपालभित्रै र भारतमा पनि आलोचना भएको छ । स्वयं सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयमा बचाउमा प्रष्टीकरण वक्तव्य निकाल्नु परेको थियो ।

अब यसको जनस्तरसम्ममा पनि असर देखिन थालेको छ । सरकार र सत्ता तहमा सीमित भइरहेका असन्तुष्टि र विवाद जनस्तरमै पुग्दा त्यसले दुई देशका जनताबीचको सम्बन्धमा गम्भीर असर पर्नेमा जानकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top