नेकपा विवाद घुमीफिरी सचिवालयमै, केन्द्रीय समिति तत्काल नबस्ने

काठमाडौं : नेकपाले शुक्रबार स्थायी समिति बैठक दुईपटक तोक्यो। असार २६ मा एक साता बैठक रोक्ने निर्णय गर्दै नयाँ मिति शुक्रबार बिहान ११ बजेका लागि तय भएको थियो। तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चलिरहेको भन्दै स्थायी समिति सदस्यलाई दिउँसो ३ बजे बैठक बस्ने सन्देश पठाइएको थियो।

अध्यक्ष दाहाल बिहान साढे १० बजेतिर प्रधानमन्त्री ओलीसँग संवादका लागि बालुवाटार पुगेका थिए। दुई नेताबीच अपराह्न १ बजेसम्म कुराकानी भयो। त्यसबीच स्थायी समिति सदस्यले अर्को खबर पाए– बैठक साउन ४ गते दिउँसो ३ बजेसम्म स्थगित।

त्यसो भए अब के त ? घुमिफिरी सचिवालय बैठक। शनिबार सचिवालय बसेर आइतबार मात्रै स्थायी समिति बोलाउनेतिर ओली–दाहाल पुगेको बालुवाटार स्रोतले बतायो।

Advertisement

स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सहमतिकै प्रयासका लागि सचिवालय बैठक बोलाइएको पुष्टि गरे। ‘उहाँहरू (ओली–दाहाल)बीच फेरि सहमतिको एकपटक प्रयास गरौं अनि स्थायी समिति बैठकलाई पनि कसरी टुंग्याउने भन्ने विषयमा छलफल गर्न सचिवालय बसौं भन्ने भएपछि सचिवालय बैठक बोलाइएको हो’, नेता पौडेलले भने।

त्यसो त ओलीले अघिल्लो दिन दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष आफूले कुनै पनि पद नछोड्ने, बरु पार्टी स्थायी समिति र केन्द्रीय समिति बैठक ‘फेस’ गर्न तयार रहेको बताएका थिए। ओली शुक्रबार भने विवादित विषय जस्ताको तस्तै केन्द्रीय समितिमा लैजाने विषयमा सहमत देखिएनन्।

Advertisement

बालुवाटार स्रोतका अनुसार ओलीले दाहालसँग सचिवालयमा मिल्ने विषय सचिवालय, स्थायी समितिमा मिल्ने विषय स्थायी समिति र केन्द्रीय समितिमा लैजाने विषय केन्द्रीय समितिमा लैजाने गरी जानुपर्ने प्रस्ताव गरे। तर, विषयलाई स्थायी समितिमा निर्णय नगरी केन्द्रीय समितिमा लैजान नसकिने अडान लिएको स्रोतले जनाएको छ। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top