Nepal Times
Nepal Times
3
Shares

पाँच दिनसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

पाँच दिनसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ : मुलुकका विभिन्न भू–भागमा साउन ४ देखि ८ गतेसम्म भारी वर्षा हुने सम्भावना छ । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्क रहन नागरिकमा आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएको जेठ ३० देखि असार ३० गतेसम्म पहिरोका कारण धनजनको क्षति धेरै भएको स्पष्ट पार्दै अब आउने मनसुनका कारण बाढीसँंगै तराईका जिल्ला डुबान हुन सक्ने जनाएको छ ।

विपद्को पूर्वतयारी, उद्धार, उपचार, पुनस्र्थापना र राहत वितरणका सम्बन्धमा शुक्रबार सञ्चारकर्मीलाई जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत अनिल पोखरेलले मानवीय क्षति घटाउन सतर्क रहनु नै महìवपूर्ण हुने बताउनुभयो । मनसुन सक्रिय भएको एक महिनाको अवधिमा पहिरोमा परी २० जिल्लामा १०१ को मृत्यु, ५१ बेपत्ता, ४९ जना घाइते र १३६ घरमा क्षति पुगेको जानकारी दिनुभयो । खराब मौसमका कारण उद्धार र राहत वितरणमा केही ढिलाइ भइरहेको स्वीकार्नुभयो ।

जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै उहाँले मनसुन न्यून चापीय रेखा अबको तीन दिनपछि दक्षिणबाट उत्तरतर्फ सक्रिय हुँदै जाने भएकाले पाँच दिनसम्म लगातार वर्षा हुने जानकारी दिनुभयो । सम्भावित जोखिम कम गर्न सरकारी तथा गैरसरकारी साझेदार सङ्घसंस्थासँंग सहकार्य र सूचना आदानप्रदान गर्ने कार्य तीव्र बनाइएको र आवश्यक पूर्वतयारी स्वरूप हेलिकोप्टर सहितको उद्धार टोली पूर्ण अवस्थामा राखिएको उहाँले स्पष्ट गर्नुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.