३ साउन, बुटवल ।
शुक्रबार राती गएको पहिरोका कारण बुटवल–तानसेन सडकखण्ड अबरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तरगत गैडेपुल भन्ने स्थानमा पहिरो जाँदा बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको पाल्पाका प्रहरी प्रमुख एसपी दिपक खरेलले जानकारी दिए । ‘दुवैतर्फ डोजर लगाएर पहिरो पन्छाउने काम त भइरहेको छ,’ एसपी खरेलले भने, ‘दिनभरसम्म पनि बाटो नखुल्न सक्छ ।’


