×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न ट्रम्पद्वारा अस्वीकार

३ श्रावण २०७७

३ साउन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकनहरुलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गरेका छन् ।

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग ‘बाध्यकारी’ बनाउन सुझाव दिएपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

Advertisement
Advertisement

डा. फाउचीले मास्क वा रुमालले मुख छोप्‍नु अति महत्वपूर्ण रहेको भन्दै सबैले प्रयोग गर्नुपर्ने सुझाएका थिए । तर, अमेरिकामा मास्कको प्रयोगको विषयलाई राजनीतिकरण गरिएको छ । यसअघि मास्क प्रयोग गर्न अस्वीकार गर्दै आएका राष्ट्रपति ट्रम्पले गत शनिबार भने मास्कको प्रयोग गरेका थिए ।

उनले मास्क प्रयोगको विषयमा बोल्दै मास्क प्रयोग गर्ने विशेष स्थान र समय हुने बताएका थिए । तर, राष्ट्रपति ट्रम्पले नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न भने अस्वीकार गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनले मास्क प्रयोग गरेमा संक्रमणबाट जोगिने र संक्रमण भएको भए अरुलाई सार्नबाट जोगाउन सकिने भएकोले कोरोना महामारी नियन्त्रणका उपायहरुमा मास्कको प्रयोग उत्तम रहेको जनाउँदै आएको छ ।

शुक्रबार फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू सहमत हुन नसक्ने बताएका हुन् । उनले भने, मानिसहरुका निश्‍चित स्वतन्त्रताहरु हुन्छन् । उनले आफू व्यक्तिको स्वतन्त्रता हनन् गर्ने पक्षमा नरहेको बताएका छन् ।

Advertisement
Advertisement

तर, दक्षिणी राज्य जर्जियाका रिपब्लिकन गभर्नर ब्रायन केम्पले आउँदो एक महिनाका लागि मास्क प्रयोग अनिवार्य गरेका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ लाख ७० हजारभन्दा बढी पुगेको छ भने एक लाख ४२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । (बीबीसी)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top