×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

बन्दाबन्दीको सबैभन्दा बढी प्रभाव अन्तःशुल्कमा

३ श्रावण २०७७

३ साउन, विराटनगर ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६–७७ मा कूल रु छ अर्ब ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा रु १० अर्ब १२ करोड ५९ लाख दुई हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा राखिएको थियो । यो लक्ष्यभन्दा रु तीन अर्ब १६ करोड ८३ लाख ३० हजार कम हो । अघिल्लो वर्षको तुलनामा रु १५ करोड ५४ लाख १६ हजार कम राजस्व सङ्कलन भएको कार्यालय प्रमुख दिलीप सापकोटाले जानकारी दिए ।

Advertisement
Advertisement

आर्थिक वर्ष २०७४–७५ मा रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार र आर्थिक वर्ष २०७५–७६ मा रु सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजस्व सङ्कलन भएको थियो ।

तुलनात्मक रुपमा हेर्दा आर्थिक वर्ष २०७४–७५ को भन्दा रु एक अर्ब ७४ करोड ४२ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको छ भने आर्थिक वर्ष २०७५–७६ को हिसाबले हेर्दा रु १५ करोड ५४ लाख १६ हजारले कम राजस्व सङ्कलन भएको देखिएको छ ।

आर्थिक वर्ष २०७६–७६ मा सङ्कलित राजस्वमा आयकर रु दुई अर्ब ६४ करोड ६४ लाख ५७ हजार, मूल्यअभिवृद्धि कर रु एक अर्ब ८५ लाख ७३ लाख २३ हजार, अन्तःशुल्क रु दुई अर्ब ४५ करोड २६ लाख ६२ हजार, स्वास्थ्य कर रु ६१ हजार र शिक्षा कर रु १० लाख ६९ हजार छन् ।

आयकरतर्फ गत वर्षभन्दा १७ प्रतिशत, मूल्य अभिवृद्धि करमा ३५ प्रतिशत प्रगति भएको छ भने अन्तःशुल्कमा २८ प्रतिशत नोक्सान भए पनि समग्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई प्रतिशत मात्र कमीले राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सापकोटाले बताए ।

नेपाल सरकारले गएको चैत ११ गतेबाट घोषणा गरेका बन्दाबन्दीको प्रभाव सबैभन्दा बढी अन्तःशुल्कमा परेको देखिएको छ भने जसले गर्दा लक्ष्य हासिल गर्न नसकेको हो ।

बन्दाबन्दीले आयातनिर्यात ठप्प हुनु, उद्योग व्यापार बन्द हुनु र स्वदेशमा भएको उद्योगधन्दा नचल्नु, निर्माणका काम रोकिनु जस्ता कारणले राजस्वमा असर परेको भएपनि कार्यालयले राजस्व सङ्कलनमा दिनरात खटेर, अनुगमन गरेर राजस्व सङ्कलनमा जोड दिएको प्रमुख सापकोटाको भनाइ छ ।

अघिल्लो वर्षमा कार्यालय मातहतमा ९६ हजार ५०८ करदाता रहेकोमा भ्याट दर्ता सङ्ख्या सात हजार ५३४, आयकर दर्ता सङ्ख्या ४८ हजार १९२ र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका सङ्ख्या ४८ हजार ३१६ रहेको थियो ।

Advertisement
Advertisement

अहिले यस कार्यालयले मोरङको विराट चोक र पथरीमा आफ्ना सेवा कार्यालय विस्तार गरी त्यस क्षेत्रका जनतालाई सेवा र सुविधामा पहुँच पुर्याउने काम गरेको छ भने यसबाट त्यस क्षेत्रका जनतालाई सदरमुकाम आउने झन्झटबाट मुक्त हुने विश्वास प्रमुख सापकोटाले व्यक्त गरे । (रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top