सावधानः साना नदीमा आकस्मिक बाढी आउन सक्छ

३ साउन, काठमाडौं ।
शुक्रबार रातिदेखि देशका अधिकांश भागमा वर्षा भइरहेको छ।

Advertisement

मध्यम तथा भारी वर्षाका कारण साना नदी तथा खोलमा पनि आकस्मिक बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे दिएको जानकारी अनुसार पछिल्लो ६ घन्टामा ताप्लेजुङ, पाँचथर, धनकुटा, झापा, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ।

Advertisement

त्यस्तै धादिङ, मकवानपुर, नवलपरासी, तनहूँ, लमजुङ, गोरखा, कास्की, दाङ, कैलाली, कञ्चनपुर, डोटीका केही स्थानमा पनि पानी परिरहेको छ। खासगरी मध्यभागमा भारी वर्षा भइरहेको छ। सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, नुवाकोट, नवलपरासी, तनहूँ, लमजुङ, गोरखा, कास्की, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुर, डोटीर डडेल्धुरामा भारी वर्षा भइरहेको छ।

अन्य ठाउँमा मध्यम वर्षा भइरहेको छ। भारी वर्षा भइरहेका ठाउँमा साना नदी तथा खोलामा जलसतह बढेको छ। आकस्मिक बाढीको सम्भावना भएकाले सतर्क रहन नदी तटीय क्षेत्रका स्थानीयलाई महाशाखाले आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top