४ असार, काठमाडौं । कारोबारको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।
सुन आज तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको बिहीबार अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ गएको शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको थियो ।
शुक्रबारको भाउमा आज फेरि तीनसय रुपैयाँ बढेको महासंघले जनाएको छ । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।