४ साउन, दाङ ।
दाङमा प्रहरीले मोटरसाइकलको नक्कली ब्लुबुक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा यातायाता व्यवस्था कार्यालय तुलसीपुरका कर्मचारी सहित पाँच जनालाई पक्राउ गरेको छ।
आइतबार जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरेर नक्कली व्लुवुक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी ४८ बर्षिय कृष्णप्रसाद खनाल, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी २१ बर्षिय हव्दुल हफिस सिद्धिकी, वडा नं. ५ निवासी चक्रबहादुर ओली, वडा नं. ६ निवासी ३७ बर्षिय जीवन पोख्रेल, ३२ बर्षिय विष्णु घिमिरेलाई सार्वजनिक गरिएको छ।
सरकारी छाप किर्ते बनाई नक्कली ब्लुबुक बनाईरहेको गोप्य सूचनाको आधारमा छापा मार्दा लु ४६ प ३५४१ नम्बरको सवारी दर्ता किताव, प्रदेश सरकार प्रदेश नं ५ भौतीक पुर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप, शाखा अधिकृतको छाप, विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमती पत्र, पुराना ब्लुबुक, निरोगिताको दस्तखत र छाप हानेको कागजहरु समेत बरामद गरिएको दाङका एसपी गणेश चन्दले जानकारी दिए।
पक्राउ परेका व्यक्तिहरु माथी सरकारी छाप दस्तखत कृर्ते मुद्धा दर्ता गरेर अनुसन्धान थालिएको छ।