आजका प्रमुख खबरहरुः
१.(झन् पो बढे)
आइतबार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो /अहिलेसम्म ११ हजार ६ सय ९५ जना संक्रमित निको भए ।
२.(आजको तथ्याङ्क)
आइतबारसम्म पीसीआर विधिबाट ३ लाख १५ हजार ५ सय ७० जनाको कोरोना परीक्षण ÷देशभर २२ हजार ६ सय ६१ जना क्वारेन्टिनमा /५ हजार ९ सय २३ जना संक्रमित आइसोलेसनमा ।
३.(कहरमा नेपाली)
कोरोनाका कारण विदेशमा गतसाता मात्र थप १६ नेपालीको मृत्युसँगै कोरोनाबाट १ सय ६० नेपालीको मृत्यु /विभिन्न देशमा अहिले ३० हजार ५७१ सङ्क्रमित नेपालीमध्ये २८ हजार ६८१ जना निको भए ।
४.(चल्ने भए बस)
भोलि (सोमबार) बाट सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार/मौद्रिक नीति मार्फत आफ्ना मागहरु समेटिएकाले यातायात सञ्चालन गर्ने व्यवसायीहरुको निर्णय÷अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुने ।
५.(पशुपति पनि बन्द)
मन्दिर, विद्यालयलगायत धेरै भीडभाड हुने ठाउँ नखोल्ने सरकारको निर्णय अनुसार साउनको पहिलो सोमबार साउन ५ गते पशुपति मन्दिर नखुल्ने /सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषको भनाई ।
६.(उडानको प्राथमिकता)
धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्दार उडानलाई प्राथमिकता दिने क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णय /आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउन सकिने जानकारी ।
७.(भुमरीमा नेकपा)
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद समाधान हुन सकेन/ आजका लागि तय भएको स्थायी कमिटीको बैठक मंगलबारसम्मका लागि स्थगित ।
८.(सुरक्षाको मापन ?)
प्रतिनिधिसभाको महिला समिति र प्रदेशसभाका सामाजिक समितिहरुले हिंसा रोकथामका लागि सहकार्य गर्ने /शान्ति र सुरक्षाको विद्यमान अवस्था मापन गर्न महिला, बालबालिका मन्त्रालयलाई निर्देशन ।
९.(पुलको कार्ययोजना)
देशभरका रुग्ण पुलहरुको कार्ययोजना तयार गरी निर्माण सुरु गर्न सरकारलाई विकास समितिको निर्देशन /भौतिक पूर्वाधार मन्त्रालयमा प्राविधिक जनशक्ति अभावका कारण विकास र पूर्वाधारका कामहरुमा असर परेको मन्त्रालयको भनाई
१०.(कंश मामा)
आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्ता १३ वर्षपछि पक्राउ / काठमाडौ बस्ने भान्जा रोहित गुप्तालाई अपहरण गरी हत्या गरेको अभियोगमा गुप्ता सर्लाहीबाट पक्राउ ।
११.(प्रहरी नैअसुरक्षित)
झापाको गौरीगञ्ज स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरी र तस्कर समूह बीच झडप /प्रहरीद्वारा ४ राउण्ड हवाई फायर दुई प्रहरी घाइते /लकडाउनसँगै नाकामा कडाई गरिएपछि तस्कर समूहद्वारा योजनावद्ध आक्रमण ।
१२.(ठोरीमा कुटिलता)
अज्ञात व्यक्तिले उखेलेर फालेको पर्साको ठोरी गाँउपालिका– २ स्थित सुमेरु पहाडको नेपाल भारत सीमास्तम्भ पुनःगाडियो /उखेलिएको सीमास्तम्भ भारतीय सुरक्षाकर्मीहरुको उपस्थितिमा पूरानै स्थानमा गाडिएको प्रहरीको भनाई ।
१३.(नटबोल्ट खुकुलो)
मेलम्ची खानेपानी आयोजनाको सुरूङमा नटबोल्ट कसाइमै समस्या देखिएको प्राविधिक समितिको प्रारम्भिक निष्कर्ष/सुरूङभित्र बाढी आउँदा निरीक्षण गर्न जाँदा वेपत्ता आयोजनाका चालक अझै वेपत्ता ।
१४.(अप्रत्यासितको उचाईं)
शेयर बजारमा परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित/ बजार खुलेको एक घण्टा आठ मिनेटमा परिसूचक नेप्से ८४ दशमलव २६ अंकले बढ्दा तेस्रोपटक सर्किट लागेर कारोबार बन्द ।
र,
१५.(विश्वमा कोरोना)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वमा ६ लाख ५ हजार बढीको मृत्यु /८६ लाख ३४ हजार बढी संक्रमित उपचारपछि निको भए /१ करोड ४४ लाख बढी संक्रमित ।