Nepal Times
Nepal Times
3
Shares

महाकालीमा हाम फालेकी महिलाको मृत्यु

महाकालीमा हाम फालेकी महिलाको मृत्यु

दार्चुला, ७ वैशाख  ः महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन् ।

ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

विहिबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । नदीमा हाम फालेको एक÷दुई किलोमिटर तल नगरपालिकाकै वडा नम्बर ८, असिगडा नजिक कोली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिए ।

मृतक महिलाको घरमा श्रीमान् तथा छोराछोरी रहेका छन् । मृतक महिला केही दिन अघिदेखि बिरामी भएको तथा उपचार गराइहेको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक कोलीको शव जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक लालबहादुर साउदको नेतृत्वमा गएको टोलीले प्रहरी मुचुल्का तयार पारी परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएकोमा परीक्षणपछि शव आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.