×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शिवम् सिमेन्टले ल्यायो सिमेन्ट खरिद गर्न मिल्ने ‘‘शिवम् मोबाइल एप’’

५ श्रावण २०७७

५ साउन, काठमाडौँ ।
शिवम् सिमेन्टले कोभिड १९ को परिस्थितिमा सिमेन्ट खरिद गर्न मिल्नेगरी ‘‘शिवम् मोबाइल एप’’ सार्वजनिक गरेको छ । शिवम सिमेन्टले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी मोबाइल एप सार्वजनिक गरेको हो ।

कार्यक्रममा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयलले आफ्नो मोबाइलमा ‘‘शिवम् मोबाइल एप’’ डाउनलोड गरी सहज र सरल रुपमा ओपीसी सिमेन्ट अर्डर गर्न सक्ने बताए । उनले ग्राहकको सुविधाका लागि सिमेन्टको बजार मूल्य भन्दा केही कम गरी निश्चित मूल्य निर्धारण गरिएकाले ढुक्क हुन आग्रह गरे । एपको माध्यमबाट ग्राहकले गरेको अर्डरलाई कम्पनीले सहज ब्यवस्थापनका साथ उचित मूल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिने समेत उनले बताए । एप मार्फत अर्डर गर्न झन्झट रहित सरल प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएकाले सिमेन्ट खरिदका लागि एप उच्चतम प्रभावकारी रहने विश्वास समेत उनले व्यक्त गरे ।

Advertisement

Advertisement

शिवम् सिमेन्ट एप गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरबाट डाउनलोड गरी सहजै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । सिमेन्ट अर्डर गरेपछि मोबाइल खल्ती, इसेवा, कनेक्ट आईपिएस वा क्यास अन डेलिभरीको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ । लकडाउन र कोरोनाको संक्रमणले उपभोक्तालाई सिमेन्ट खरिद गर्न बिक्री केन्द्रसम्म जान समस्या हुने देखि त्यस्तो समस्या नपरोस भन्ने उद्धेश्यले शिवम्ले आधुनिक प्रविधिको प्रयोग गर्दे उपभोक्तालाई सहजता दिने प्रयास गरेको छ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top