हिजो ६ प्रतिशत बढेको शेयर आज ओरालो लाग्यो

४ साउन ७७, सोमबार

५ साउन, काठमाडौँ ।
शेयर बजारमा तिब्र उतारचढाव बीच नेप्से परिसूचक घटेर बन्द भएको छ । कारोबार सुरु भएको दुई मिनेट नहुँदै नेप्से ४ प्रतिशतले बढ्दा २० मिनेट र करिब २२ मिनेटमा ५ प्रतिशतले बढ्दा ४० मिनेट कारोबार स्थगित भएको थियो । १२ बजेपछि तेस्रोपटक खुलेको बजारमा भने नेप्से ओरालो लाग्यो ।

दुई दिनमा नेप्समा उच्च वृद्धि भएपछि लगानीकर्ताले शेयर विक्रीचाप बढाउँदा नेप्से ओरालो लाग्यो र समग्रमा १४ अंक बढीले घटेर १ हजार ४ सय ६४ दशमलव ९४ अंकमा बन्द भएको छ । कारोबार अवधिभर नेप्से बढेर १ हजार ५ सय ५६ दशमलव २ अंक सम्म पुगेको थियो भने तेस्रोपटक खुलेको बजारमा घटेर १ हजार ४ सय ५८ दशमलव ५१ अंक सम्म झरेको थियो । सेन्सेटिभ परिसूचक पनि २ दशमलव ८४ अंकले घटेर ३ सय ९ दशमलव ६ अंकमा बन्द भएको छ ।

 

Advertisement

सोमबार १ सय ८१ कम्पनीको २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७ सय १५ रुपैयाँको ७० लाख १ हजार २ सय ५८ कित्ता शेयर खरिद विक्री भएको छ । शेयर बजारमा दुई दिनमै नेप्सेमा उच्च वृद्धि भएको र अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा विक्रीचाप बढ्न गएकाले तिब्र उतारचढाव आएको देखिन्छ । बजारमा कारोबारमा आएका समुह मध्ये बैंकिङ, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड समुहमा वृद्धि भएको छ । व्यापार, होटल, जलविद्युत, बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, र अन्य समूहमा गिरावट आएको छ ।

यसदिन सबैभन्दा धेरै कारोबार एनएमबी बैंकको २० करोड १४ लाख ९९ हजार रुपैयाँ बढीको भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंकको शेयर कारोबार १० कारोड रुपैयाँ भन्दा बढीको भएको छ । नेप्से ऋणात्मक भएपनि युनाइटेड फाइनान्स, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था, स्पर्स लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था र मन्जुश्री फाइनान्सका शेयरधनीले भने झण्डै १० प्रतिशतले गुमाएका छन् । आइतबार सेयर बजारमा परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा सर्किट लागेर कारोबार स्थगित भएको थियो । बजार खुलेको एक घण्टा आठ मिनेटमा परिसूचक नेप्से ६ दशमलव शुन्य चार प्रतिशत अर्थात ८४ दशमलव २६ अंकले बढ्दा तेस्रोपटक सर्किट लागेर कारोबार स्थगित भएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top