×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

इरानमा तालिबानको कार्यालय छैन : इरानी विदेश मन्त्रालय

५ श्रावण २०७७

५ साउन, तेहरान।
इरानले अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिबान सङ्गठनको कार्यालय इरानमा नरहेको स्पष्ट गरेको छ । इरानको विदेश मन्त्रालयले सो कुराको जानकारी गराएको हो । इरानी उपविदेशमन्त्री अब्बास अरागाचीले सो कुराको जानकारी दिएको बताइएको छ ।

उनले भनेका छन्– तालिबानले इरानको उत्तरपूर्वी नगर मसादमा एक परिषदको स्थापना गरेको हुन सक्छन् तर पनि त्यो परिषद इरान सरकारसँग कुनै पनि हिसाबले सम्बन्धित छैन । उनले यहाँको एक टेलिभिजनमार्फत सो कुराको जानकारी गराएका हुन् । उनले भने– यदि त्यो कार्यालय स्थापना गरेको भए पनि त्यो इरान सरकारसँग सम्बन्धित छैन ।

Advertisement
Advertisement

उनले गएका केही वर्षदेखि इरान तालिबानहरूको सम्पर्कमा भने रहेको बताए । उनले भने– हो, हामीहरू उनीहरूको सम्पर्कमै छौँ, उनीहरूका कुरा सुन्छौँ र हाम्रो प्रतिक्रिया पनि दिने गरेको छौँ ।

Advertisement
Advertisement

अमेरिकाले तालिबानसँग सम्पर्क र वार्ताको प्रक्रिया अघि बढाएको छ, तर हामीले भने अहिले तलिबानसँग सम्पर्क पनि गरेका छैनौँ– उनले सो टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा भनेका छन्।रासस / सिन्ह्वा

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top