×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

देशभर अविरल वर्षा: ३ जनाको मृत्यु, १२ ठाँउमा पहिरो, हात्तीको मुर्ति नै बगायाे

५ श्रावण २०७७

५ साउन, काठमाडौँ ।

केही दिन पहिला मात्रै अविरल वर्षाका कारण अपुरणीय क्षति ब्यहोरेका देशका विभिन्न जिल्लाका जनताले फेरी बाढी पहिरोको क्षति ब्यहोर्नुपरेको छ । लगातारको वर्षाले देशभर जनजीवन प्रभावित पारेको छ । वर्षाका कारण बाढी पहिरोको घटनाहरु बढीरहेका छन् । मुख्य नदीहरुमा पानीको बहाब बढेको छ ।

Advertisement
Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै अधिकांश स्थानमा १ सय मिलिलिटर भन्दा बढी पानी परेको छ । उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते, मनोहरा लगायतका नदिमा पानीको बहाव बढेको छ ।

उपत्यका बाहिरका मुख्य नदीहरुमा पनि पानीको बहाब निरन्तर बढीरहेको छ । महाशाखाका अनुसार चितवनको नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । कोसी नदीमा पनि सतर्कताको तहसम्म पुगेको छ । यस्तै कन्काई, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र विभिन्न सहायक नदीमा पनि पानीको बहाबले खतराको तह पार गर्न सक्ने अनुमान महाशाखाले गरेको छ । महाशाखाले अझै ५ दिन सम्म सतर्कता अपनाउनुपर्ने जनाएको छ ।

गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ४ गते आइतबार देखि ५ गते बिहान १० बजेसम्म विभिन्न जिल्लामा १२ स्थानमा पहिरो गएको छ । चार स्थानमा अविरल वर्षा, २ स्थानमा बाढी, १ स्थानमा आगलागीको घटना भएको प्राधिकरणले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ । घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । ८ स्थानमा सडक अवरुद्ध भएको तथ्याङ्कमा उल्लेख छ । २४ घण्टामा १९ वटा घटनाहरु घटेका छन् । प्राधिकरणका अनुसार २०७७ जेठ ३० गते देखि साउन ४ गते सम्म पहिरो, बाढी र चट्याङ्गबाट १ सय ३१ जनाको मृत्यु भएको छ भने १ सय २९ जना घाइते भएका छन् । घटनामा परी ४८ जना वेपत्ता भएका छन् ।

तथ्याङ्क अनुसार पहिरोबाट १ सय ११ जनाको मृत्यु, ८६ जना घाइते र ४३ जना बेपत्ता भएका छन् । बाढीबाट ३ जनाको मृत्यु, १ जना घाइते र ५ जना बेपत्ता भएका छन् । चट्याङ्गमा परी १७जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । यसैबीच लगातारको वर्षापछि नारायणी नदीमा पानीको बहाव बढ्दा नदीको सतहले खतराको तह पार गरेको छ । सोमबार मध्यान्ह खतराको तह पार भएसँगै चितवन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर वर्षा भइरहेका कारण सबैलाई सजग रहन अनुरोध गरेका छन् ।

Advertisement
Advertisement

जलमापन केन्द्र देवघाटबाट प्राप्त विवरणअनुसार देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ । सात दशमलब तीन मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ । नारायणगढ पुल नजिक भने पानीको सतह ११ दशमलव ७२ मिटर अर्थात चेतावनी विन्दुमा छ । पुल नजिक नारायणी नदीको तह ११ मिटर पार भए चेतावनीको तह नाघेको मानिन्छ । पानीको बहाव बढ्ने क्रममानै रहेको छ । नदी किनारमा रहेको हात्तीको मूर्तिसमेत बाढीले बगाएको छ । नारायणी नदीमा बाढी आउँदा किनारका बस्ती डुबानको खतरामा छन् । मेघौली नियरेचोकमा यसअघि असार अन्तिममा आएको बाढीले नदीको तटबन्धसमेत भत्काएको थियो । नवलपुर क्षेत्रमा पनि जोखिम बढेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top