नेपाली साहित्यिक टोली बङ्गलादेश जाँदै

६ बैशाख ७५, शुक्रबार

काठमाडौं ७ वैशाख ः बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल स्रष्टा समाजको साहित्यिक टोली अर्को हप्ता बङ्गलादेशको भ्रमणमा जाने भएको छ ।

बङ्गलादेश–नेपाल मैत्री संघको मैत्रीपूर्ण निमन्त्रणामा जान लागेको टोलीमा समाजका अध्यक्ष पवन आलोक, वरिष्ठ साहित्यिक पत्रकार एवं नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, समाजका सदस्यहरू सरस्वती शर्मा ‘जिज्ञासु’, नवराज पुडासैनी ‘ज्योत्सना’ वरिष्ठ कवि मञ्जुल, साहित्यकार सुस्मिता नेपाललगायत रहने छन्।

नेपाल स्रष्टा समाज र बङ्गलादेशका साहित्यिक संस्थाहरूबीच १० वर्षदेखि साहित्य तथा सांस्कृतिक आदानप्रदानका विषयमा सहकार्य हुँदै आएको छ । यसअघि पनि यसप्रकारका भ्रमणहरू सम्पन्न भइसकेका छन् भने नेपाली साहित्यलाई बंगाली भाषा र बंगाली साहित्यलाई नेपाली भाषामा अनुवाद गरी विभिन्न साहित्यिक कृति पनि प्रकाशित भएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top