×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतीय सिमावर्ती क्षेत्रमा रहेका सलहका झुण्ड कुनै बेला पनि नेपाल प्रवेश गर्न सक्ने

६ श्रावण २०७७

६ साउन, काठमाडौं । भारतको सिमावर्ती क्षेत्रमा रहेका सलहका झुण्ड कुनै बेला पनि नेपाल प्रवेश गर्न सक्ने भएकाले सावधानी अपनाउन विज्ञले आग्रह गरेका छन् ।

भारतको राजस्थानबाट केही झुण्ड उत्तर प्रदेशतर्फ प्रवेश गरेको र हावाको बहाबसँगै नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए ।

Advertisement

रातको समयमा र पानी परेको समयमा उड्न नसक्ने भए पनि हावाको तीब्र बहाबका कारण जुनसुकै बेला नेपाल आउन सक्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । साथै सलह भगाउनका लागि आवश्यक पूर्व तयारी गर्न पनि केन्द्रले किसानलाई आग्रह गरेको छ ।

केन्द्रको पछिल्लो अनुमानअनुसार भारतको राजस्थानमा रहेका सलहको झुण्ड जयपुर तथा दिल्ली हुँदै उत्तर प्रदेशको आग्रा, कानपुर, ग्वालीयरतर्फ अगाडि बढ्न सक्ने देखिएको छ । यही सलहको झुण्ड पश्चिम, दक्षिण पश्चिम तथा दक्षिणबाट हावासँगै नेपालको मध्य तथा पश्चिम तराई र सुदूरपश्चिम क्षेत्रबाट जुनसुकै बेला नेपाल प्रवेश गर्ने सम्भावना भएको हो ।

भारतको मौसम विज्ञान विभागका अनुसार ७ गतेसम्म राजस्थानमा हल्का वर्षाको मात्रै सम्भावना छ । उत्तराखण्ड र उत्तरप्रदेशमा आज र भोलि सामान्यदेखि पूर्ण बदली रही त्यस क्षेत्रका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

पानी परेको बेला सलह नउड्ने भए पनि हावाको तीब्र बहाबका कारण जतिबेला पनि आउन सक्ने भएकाले सावधानी भने अपनाउन उनले आग्रह गरेका छन् ।

यसैबीच साउन १ गते दिउँसो बाँकेबाट नेपाल छिरेको सलहको झुण्ड सुर्खेत तथा आसपासका क्षेत्रमा र अर्को झुण्ड दशरथपुरबाट उत्तरतर्फ दैलेखको भगवतीमाइ तथा बीरेन्द्रनगरको वडा नं १ तथा जाजरकोटसम्म पुगेको जानकारी प्राप्त भएको सुवेदीले बताए ।

सलहले विशेषगरी तरकारी बालीमा केही क्षति गरे पनि पूर्वतयारी र सतर्कताका कारण धेरै नोक्सानी नभएको उनको भनाई छ । सलह भगाउनका लागि धुवाँ, ध्वनी, अन्य विविध उपायहरुका साथै विषादीकोसमेत प्रयोग गरिएको छ ।

अहिले मौसम प्रतिकूल भएकाले अग्ला रुखहरु तथा जङ्गलमा आश्रय लिइरहेकोले विषादी प्रयोग गरेर मार्न कठिनाइ भइरहेको सुवेदीले बताए । कञ्चनपुरको पुनर्वास क्षेत्रमा रहेको सलहको झुण्ड भने सिमावर्ती भारतमा तथा यसको केही अंश डडेलधुरा तथा बैतडीसम्म पुगेका छन् ।

Advertisement

यस्तै गएको २८ गते नेपाल प्रवेश गरेको झुण्ड भने प्युठान हुँदै गुल्मी, बाग्लुङ लगायतका क्षेत्रमा प्रवेश गरेको जानकारी प्राप्त भएको पनि उनले बताए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top