६ साउन, विराटनगर ।
क्लिनिकबाट अवैध औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जनालाई पक्राउ गरिएको छ ।
मोरङको बेलवारी नगरपालिका-६ सोमबारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अवैध औषधीहरुको बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सुसाङ टेक्निकल हलका संचालक स्थानीय १९ बर्षीय सुसाङ कुमार चौधरी र सोही औषधी पसलमा अबैध औषधी किनिरहेका बेलवारी-५ का २३ बर्षीय शिबजी चौधरी र धरान-१७ का २१ बर्षीय किसनलाल थारुलाई पक्राउ गरेको हो ।
टेक्निकल क्लिनिकबाट Tramadol Capsule Ip 50 Mg को १३,६०० क्याप्सुल, Decolic २००० क्याप्सुल, Spasmo २८० क्याप्सुल, Antikof ७५० क्याप्सुल, Asidol १००० क्याप्सुल, Pregasoft -९६० क्याप्सुल, Spaspain ४००० क्याप्सुल, Pregalin २०० क्याप्सुल, Surgidol १८० क्याप्सुल, Koftab २३० क्याप्सुल साथै औषधी किन्ने शिबजी चौधरीको साथबाट Spaspain ४० क्याप्सुल तथा किसनलाल थारुको साथबाट Pregasoft -१० क्यापसुल र Kotaf औषधी १० क्याप्सुल बरामद गरिएको छ।
अवैध औषधीसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ।