×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

माेरङकाे बेलवारीबाट अवैध औषधी किनबेच गर्ने ३ जना पक्राउ

६ श्रावण २०७७

६ साउन, विराटनगर ।

क्लिनिकबाट अवैध औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जनालाई पक्राउ गरिएको छ ।

Advertisement
Advertisement

मोरङको बेलवारी नगरपालिका-६ सोमबारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अवैध औषधीहरुको बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सुसाङ टेक्निकल हलका संचालक स्थानीय १९ बर्षीय सुसाङ कुमार चौधरी र सोही औषधी पसलमा अबैध औषधी किनिरहेका बेलवारी-५ का २३ बर्षीय शिबजी चौधरी र धरान-१७ का २१ बर्षीय किसनलाल थारुलाई पक्राउ गरेको हो ।

टेक्निकल क्लिनिकबाट Tramadol Capsule Ip 50 Mg को १३,६०० क्याप्सुल, Decolic २००० क्याप्सुल, Spasmo २८० क्याप्सुल, Antikof ७५० क्याप्सुल, Asidol १००० क्याप्सुल, Pregasoft -९६० क्याप्सुल, Spaspain ४००० क्याप्सुल, Pregalin २०० क्याप्सुल, Surgidol १८० क्याप्सुल, Koftab २३० क्याप्सुल साथै औषधी किन्ने शिबजी चौधरीको साथबाट Spaspain ४० क्याप्सुल तथा किसनलाल थारुको साथबाट Pregasoft -१० क्यापसुल र Kotaf औषधी १० क्याप्सुल बरामद गरिएको छ।

Advertisement
Advertisement

अवैध औषधीसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top