×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्यटन व्यवसायीलाई मन्त्रीकाे आग्रह- साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्नुस्

६ श्रावण २०७७

६ साउन, काठमाडौँ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले साउन १५ देखि होटल, ट्रयाकिङ लागयतका क्षेत्र र भदौ १ देखि अन्तरिक तथा बाह्य उडान सुचारु गर्ने निणर्य गरेकाले व्यवसाय सञ्चालन गर्ने तयारी गर्न आग्रह गरेका हुन् ।

Advertisement

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले हवाई उड्डयन, होटल, ट्रयाकिङ लगायतका क्षेत्र सञ्चालनका लागि पोर्टोकल बनाइएको समेत बताए । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिले देखि नै तयारी गर्न पनि मन्त्री भट्टराईले आग्रह गरे । उनले पर्यटकको संख्या बढाउन भन्दा पनि धेरै खर्च गर्न सक्ने गुणस्तरीय पर्यटन ल्याउने तर्फ गृहकार्य गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरे । कोभिडका कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र त्यसको सम्बोधन नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट अधितकतम रुपमा भएको बताए । उनले केही विषय छुटेको भए राष्ट्र बैंकले विभिन्न समयमा ल्याउने कार्यविधिबाट सम्बोधन गराउन मन्त्रालयले पहल गर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीतिले कोभिड १९ बाट प्रभावित सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेको बताए । उनले पर्यटन क्षेत्र अधिकतम प्रभावित भएकाले माद्रिक नीतिबाट गरिएका व्यवस्थाको अधिकतम फाइदा लिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्वपूणर् भूमिका रहेकोले पनि राष्ट्र बैंकले महत्व दिएर मौद्रिक नीति ल्याएको शिवाकोटीले स्पस्ट पारे । उनले कोभिड १९ को कारण लकडाउन गरिएको समयमा तिर्नुपर्ने कर्जाको ब्याजदरमा विशेष छुट दिएको बताए । चैत मसान्तमा तिर्नुपर्ने ब्याज रकम चैत भित्रै तिरेमा १० प्रतिशत छुट दिइएको बताए । त्यस्तै वैशाख, जेठ र असार महिनाको किस्ताको ब्याजदरमा २ प्रतिशत घटाइएको बताउनुभयो । उक्त छुट व्यवसायीले जुनसुकै समयमा तिर्दा समेत पाउने स्पस्ट पारे । त्यस्तै राष्ट्र बैंकले पर्यटन क्षेत्रका श्रमिकहरुको व्यवस्थापन हुने गरी नै विभिन्न समयमा कर्जा उपलब्ध गराउने लगायतका नीतिहरु ल्याएको स्पस्ट पारे।

Advertisement

कार्यक्रममा पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र यो अवस्था अझै लामो समयसम्म रहने भएकाले विशेष छुट पाउनुपर्ने बताएका छन् । उनीहरुले वैशाख, जेठ र असार महिनाको ब्यादरमा दिइएको २ प्रतिशत छुटले केही राहत मिलेको भएपनि साउन यता ब्याजदरमा छुट नदिइएकाले किस्ता भुक्तानीमा समस्या आउने बताए । व्यवसायीहरुले बजेटबाट सम्बोधन हुन नसकेका धेरै विषयलाई मौद्रिक नीतिले सम्बोधन गरेको भएपनि अझै अपुग भएको बताएका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top