×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१४८ दिनपछि भुइँका जहाजले आकाश छुँदैछन्…

६ श्रावण २०७७

६ साउन, काठमाडौं ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रुपमा सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को झण्डै पाँच महिना अर्थात् १४८ दिनपछि भुईंका जहाज आकाशमा उड्दैछन् । बन्दाबन्दी केही खुकुलो गरिएको सन्दर्भमा सरकारले मुलुकका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्य ‘प्रोटोकल’ बनाएर उडान शुरु गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार साउन १५ देखि होटल तथा ट्राभल खुल्ने भएकाले स्वास्थ्य प्रोटोकल बनाएर कसरी सुरक्षित उडान गर्ने भन्नेबारे मन्त्रालयले सरोकारवालासँग छलफल गरी निर्णय लिइनेछ । आवश्यक स्वास्थ्य प्रोटोकलका आधारमा आगामी हवाई उडान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले छिट्टै उडानसम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल (कार्यविधि) तयार पार्नेछ ।

कोरोना महामारीका कारण विश्वभरको हवाई व्यवसाय नराम्ररी असर प¥यो । यसको प्रत्यक्ष मारमा नेपाली वायु सेवा कम्पनी परे । कोरोनाका कारण हवाई क्षेत्रको अर्बौ लगानी जोखिममा परेको छ । आकाशमा उड्ने जहाज पाँच महिनादेखि ग्राउण्डेड हुँदा उड्डयन व्यवसाय चौपट भएको छ । यसले समग्र अर्थतन्त्रलाई असर पारेको छ । विदेशी पर्यटक आगमन ठप्पका साथै विदेशी मुद्रा पनि बन्द भएपछि नेपाली अर्थतन्त्रलाई ठूलो असर पर्यटन क्षेत्रबाट पर्ने देखिन्छ ।

कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले गत चैत ९ देखि अन्तर्राष्ट्रिय तथा चैत ११ देखि आन्तरिक उडान स्थगन गर्ने निर्णय गरेको थियो । सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको थियो । पछिल्लोपटक साउन ६ गतेसम्म यस्तो प्रतिबन्ध कायम गरिएको थियो ।

साताभित्रै उडान टुङ्गो

सरकारले भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमणकाबीच सुरक्षित उडान गर्नुपर्ने भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तालुकदार पर्यटन मन्त्रालय, एयरलाइन्स अपरेटर तथा स्वास्थ्य विज्ञसहित छलफल गरी एक साताभित्रै उडान टुङ्गो लगाउनेछ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले शुरुमा कुन गन्तब्यमा कति उडान गर्ने भन्नेबारे सरोकारवालासँग छलफल गरेर निष्कर्षमा पुगिने बताए । उडान सञ्चालन बारे प्राधिकरणले आज आन्तरिक छलफल गरेको छ भने बुधबार एयरलाइन्स सञ्चालकसँग छलफल गर्दैछ । आवश्यक मापदण्ड बनाएर पर्यटन मन्त्रालय, एयरलाइन्स सञ्चालक र स्वास्थ्यका अधिकारीसहितको छलफलले एक साताभित्र उडानको टुङ्गो लगाइने महानिर्देशक पोखरेलले बताए ।

प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मार्गनिर्देशन बमोजिम कोरोना भाइरससँग जुधेर कसरी सुरक्षित उडान गर्ने भन्नेबारे यसअघि नै निर्देशिका जारी गरिसकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसति अन्य आन्तरिक विमानस्थलले पनि सञ्चालन कार्यविधि बनाएका छन् । वायुसेवा कम्पनीले पनि आ–आफ्नै सुरक्षा ‘प्रोटोकल’ बनाएर अभ्यास गरिरहेका छन् । देशकै अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरले प्राधिकरण, विश्व स्वास्थ्य सङ्गठनलगायत निकायको मार्ग निर्देशन र मापदण्डका आधारमा कम्पनीले ‘स्टान्टर अपरेटिङ प्रोसिउडर’ बनाएर अभ्यास उडान गरिसकेको छ ।

हवाई सेवा प्रदायक आतुर
बन्दाबन्दीले झण्डै पाँच महिनादेखि व्यावसायिक उडान ठप्प भएकाले हवाई सेवा प्रदायक कम्पनी पनि छिटोभन्दा छिटो व्यवसाय सञ्चालन गर्न आतुर देखिएका छन् । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले हवाई सेवा पुनः सञ्चालन गर्ने सरकारको निर्णय सकारात्मक रहेको भन्दै वायुसेवा सञ्चालक पनि आवश्यक स्वास्थ्य मापदण्डका साथ सेवा सञ्चालन गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । उनले तालुकदार मन्त्रालयको मार्ग निर्देशन बमोजिम वायुसेवा कम्पनीले प्रोटोकल बनाएको र एयरलाइन्सका कर्मचारी तथा यात्रुले प्रभावकारी रुपमा पालना गरेको खण्डमा महामारीको जोखिम कम हुने बताए ।

पछिल्लो समय देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानका घटना बढ्नुका साथै राजधानी काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको अवस्थामा उद्धार तथा अत्यावश्यक सामग्री आवत जावतमा सहजताका लागि पनि छिटो उडान खोल्नुपर्ने व्यवसायीको सुझाव छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भदौँ १ गतेबाट सबै उडान खोल्ने सरकारको निर्णयले पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको भन्दै आवश्यक सुरक्षा मापदण्डका साथ सेवा पुनःसञ्चालन गर्न एयरलाइन्स कम्पनी तयारी अवस्थामा रहेको बताए ।

प्रबन्ध निर्देशक बस्नेतले भने, ‘पर्यटनमन्त्रीको अथक प्रयासले ढिलै भए पनि उडान शुरु हुनु पर्यटन क्षेत्रका लागि खुशीको कुरा हो । सुरक्षा प्रोटोकल सबैले बनाएका छौँ, अब एक दुई दिनमै यसको टुङ्गो लाग्छ । अहिलेको विपद्को बेला अलि चाँडो उडान खुले राज्यलाई पनि सुविधा हुन्छ, भन्ने हाम्रो सुझाव छ ।’

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले आन्तरिक उडान सञ्चालनका लागि पूर्ण तयारी अवस्थामा रहेको बताए । कोरोनाका बीच सुरक्षित उडानका लागि कम्पनीले स्वास्थ्य मापदण्ड बनाएर अभ्यास उडान गरिसकेको छ । सङ्घका अनुसार आन्तरिक उडानमा ३४ हेलिकोप्टर तथा ४६ वटा जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

पर्यटन व्यवसायी उत्साहित

पर्यटक आगमनको पहिलो ढोकाको रुपमा लिइने अन्तर्राष्ट्रिय उडान शुरु हुने खबरले व्यवसायीमा उत्साह जागेको छ । बन्दाबन्दीको पाँच महिना व्यवसाय ठप्पःप्राय बनेको हवाई उद्योग खुल्ने भएपछि पर्यटन व्यवसायले गति लिने उनीहरुको विश्वास छ । सरकारले हवाई उडान खुलाउने निर्णय गरेसँगै सामाजिक सञ्जाल फेसबुकमा व्यवसायीको ‘गुड न्यूज’ स्टाटस पोष्ट गरेका छन् ।

Advertisement

पर्यटन व्यवसायी नवराज दाहाल, मोहन लम्साल, राजेन्द्र सापकोटा तथा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उडान खोल्ने सरकारी निर्णय पर्यटन क्षेत्रका लागि सुखद समाचार भनी पोष्ट गरेका छन् । बन्दाबन्दीको चार महिनाको अवधिमा पर्यटन तथा हवाई क्षेत्रले ४१ अर्ब नोक्सानी बेहोर्ने पर्यटन मन्त्रालयले आँकलन गरेको छ ।रासस

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top