×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

साउदीबाट तीन उडान मार्फत ५६८ जना नेपाली स्वदेश फर्किए

७ श्रावण २०७७

योगेन्द्र योगी
७ साउन, दोहा ।

कोरोना भाइरसका कारण स्वदेश फर्किन नसकेकाहरु मध्ये तेस्राे चरणमा साउदीबाट ५६८ जना नेपाली स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

साउदीबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले तीन उडान गरेका छन् । जसमा नेपाल एयरलाइन्सले एक र हिमालय एयरलाइन्सले दुई उडान गरेको दूतावासले जनाएको छ ।

दूतावासले दिएको जानकारी अनुसार उडानमा कोरोनाका रोजगारी गुमाएका, करार अवधि सकिएका, काजकिरियामा जानुपर्ने, दीर्घ बिरामी लगायतलाई प्राथमिकता राखेर स्वदेश पठाइएको जनाएको छ ।

दूतावासका अनुसार उक्त उडानहरुमा साउदीमा विभिन्न समयमा मृत्यु भएका नेपालीहरु मध्ये दूतावासले कानुनी प्रक्रिया पुरा गरि अन्तिम संस्कारको लागि ७ वाट शव पनि पठाएको छ ।

Advertisement
Advertisement

यस्तै आगामी दिनमा साउदी अरबको रियादबाट गर्ने चार्टर्ड उडानहरुबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा दूतावासले तयार गरी नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्सको आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको समेत दूतावासले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top