कोरोना संक्रमणबाट त्रिवि शिक्षणमा उपचाररत एक चिनियाँ महिलाको मृत्यु

७ साउन, काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा रहेकी एक चिनियाँ महिलाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४८ वर्षीया संक्रमित चिनियाँ महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Advertisement

कोरोना संक्रमणबाट नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । मुटुसम्बन्धी रोगी ती महिला धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत थिइन् ।

उपचारकै क्रममा पीसीआर परीक्षण गराउँदा कोरोना देखिएपछि उनलाई मंगलबार साँझ शिक्षण अस्पताल रिफर गरिएको थियो । उपचारकै क्रममा उनको बुधबार बिहान मृत्यु भएको हो ।

Advertisement

अहिले ती महिलाको शव शिक्षण अस्पतालको शवगृहमा राखिएको छ । नेपालस्थित चिनिया दूतावासको सहकार्यमा शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top