दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(मृतक बढे धड्कन बढ्यो)
नेपालमा कोरोना संक्रमणबाट धनुषाका ६० वर्षिय पुरुष र ४९ वर्षिय चिनियाँ महिलाको मृत्यु / कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो / १८ हजार ९४ जना संक्रमित / १२ हजार ६ सय ८४ जना निको भए ।

२.(भय यथावत)
बुधबारसम्म पीसीआर विधिबाट ३ लाख २७ हजार ५ सय २८ जनाको कोरोना परीक्षण /देशभर ५ हजार ३ सय ७० जना आइसोलेसनमा उपचाररत /२० हजार ८ सय ४२ जना क्वारेन्टिनमा ।

३.(सतहमा संक्रमण)
संक्रमणबाट मृत्यु भएका सप्तरी राजविराजका वृद्धको परिवारसँग सम्पर्कमा आएका थप १३ जना व्यक्तिमा संक्रमण पुष्टि /राजविराजमा संक्रमण दर बढेपछि स्थानीय प्रशासनद्वारा बिहीबारदेखि निषेधज्ञा जारी ।

४.(लकडाउन अन्त्यपछि…..)
एक सय २० दिन लामो लकडाउन अन्त्य भएपछि उपत्यकाका सहित देशभरका सडकमा सवारी चाप बढ्दो /अधिकांश क्षेत्र खुलेपछि जनजीवन समान्य रुपमा फर्कदैं /संक्रमणको जोखिम भने कायमै ।

५.(जिल्ला छोड्न पास)
लकडाउन अन्त्य भएपनि अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयको प्रस्टोक्ति /भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने ।

६.(भोलिसम्म वर्षा)
वर्षा रोकिएपछि देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा /सलह घटेपनि आगामी २४ घण्टा प्रदेश १, २ ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना /सर्तक रहन आग्रह ।

७.(परीक्षाको चिन्ता)
चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस खुलेपनि क्याम्पसमा पढाइ भने नहुने /संक्रमण कम हुँदै गएमा भदौ पहिलो हप्ताभित्र स्थगित परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी ।

८.(परीक्षाको चटारो)
निरन्तर बाढीपहिरोका कारण करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण एसइई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने /कक्षा १२ को परीक्षा असोज १५ भित्र सम्पन्न गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी ।

९.(सरकारले शिक्षकलाई सुन्ला ?)
वैशाख महिनायताको तलब सरकारले नै व्यहोर्नुपर्ने निजी विद्यालयमा कार्यरत शिक्षकहरूको माग /शिक्षक–कर्मचारीले सबै महिनाको तलब पाउनुपर्ने, जागिरबाट निकाल्न नहुने र निकालिसकेकालाई पुनर्वहाली गर्नुपर्ने माग ।

१०.(उडानको तयारी)
भदौ १ गतेदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तयारी /अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समय भन्दा कम्तिमा चार घण्टा अघि विमानस्थल पुग्नुपर्ने ।

११.(वनबाट समृद्धि)
अनियन्त्रित रुपमा हुने फडानी रोकेर वन क्षेत्रलाई उत्पादनशील बनाउन सकिए समृद्धि हासिल गर्न सकिने विज्ञहरुको भनाई /वैज्ञानिक वन व्यवस्थापनका लागि बनेका नीति नियमहरुको कार्यान्वयन गर्न जोड ।

१२.(घर फर्किएकाहरु)
प्रतिकूल मौसमका कारण विदेशबाट घर फर्किएकालाई सम्बन्धित पालिकामा पठाउन समस्या भएपछि उद्धार उडान केही समयका लागि स्थगित /हालसम्म विभिन्न देशबाट ३४ हजार बढी नेपाली स्वदेश फर्किए /फर्किएकामध्ये ५६ जना अस्पतालमा ।

१३.(मृगौलाको अनुशन्धान)
अवैध मृगौला प्रत्यारोपण अभियोगमा पक्राउ परेका १२ जनामाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरद्वारा म्याद थप/ थप पाँच दिन हिरासतमा राख्न अनुमति ।

१४.(आकाशिदो सुन)
नेपाली बजारमा सुनको मूल्यले फेरी बनायो नयाँ कीर्तिमान /सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च ९४ हजार कायम /चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँ कायम ।

र,

१५.(बढेको बढैं)
कोरोना महामारीबाट हालसम्म विश्वभर १ करोड ५१ लाख बढी संक्रमित /६ लाख २० हजार बढीको मृत्यु /९१ लाख ३७ हजार बढी संक्रमित निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top