पृथ्वी राजमार्ग अझै सञ्चालनमा आउन सकेन, मौवाखोला पुलको मर्मत गरिँदै

८ साउन, काठमाडौं । बाढी र पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । सोमबार दिउँसोको बाढीपहिरोले मुग्लिनदेखि नौविसेसम्म साना ठूला गरी दुई सय भन्दा बढी पहिरो खसेको थियो ।

बाढीले धादिङ र चितवनको सीमामा रहेको मौवाखोला पुलको एकतर्फ करिब १५ मिटर सडक बगाएको थियो । पहिरो हटाउने काम सकिए पनि मौवाखोला पुल मर्मत सकिएको छैन ।

शुक्रबार दिउँसोसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम सुरू गरिएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जानकारी दिएको छ ।

Advertisement

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ईञ्जिनियर कृष्णराज अधिकारीले मौवाखोलाको पानीलाई मूलधारमा पठाएर भत्किएको सडक मर्मत सुरू गरिएको जानकारी दिए ।

नेपाली सेना र कामदाहरूले ग्याबियन भर्ने काम बुधबारदेखि जारी राखेका छन् ।

Advertisement

मौवाखोला पुलको टेवा पर्खाल लगाउने काम सकिएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आउने उनले बताए । मौवाखोलामा ४२ जना मजदूरले भत्किएको सडक मर्मतको काम गरिरहेका छन् ।

सडक मर्मतका लागि नुवाकोटबाट ग्याबियन ल्याएर ढुंगा भर्ने काम गरिएको हो। वर्षात् थामिएमा शुक्रबारसम्म उक्त सडक पूर्ण रूपमा सञ्चालनमा आउने उनले जानकारी दिए ।

पृथ्वीराजमार्गकै तनहुँस्थित विभिन्न ठाउँमा खसेको पहिरो र मुग्लिनदेखि नारायणगढ सडकखण्डका पहिरो पनि हटाइसकिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top